११ पुष २०८२, शनिबार
27-12-2025 , Sat
×

शान्तिपूर्ण वातावरणमा मतदान गर्न तयारी पूरा

Logo
प्रकाशित शुक्रबार, मंसिर ०२, २०७९

न्यूजमधेश डेस्क
मोरंग ,२ मङ्सिर । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले मतदान अधिकृतलगायतका कर्मचारीले निर्वाचनको मतपत्रसहितका सामग्री बुझी आफ्नो मतदान केन्द्रतर्फ बिहीबार साँझ पुगिसकेको जानकारी दिनुभयो ।

उहाँले मतदान अधिकृतले आफ्नो मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी सूचना टाँस, सर्वदलीय बैठक आह्वानलगायतका कार्य सुरु गरेको बताउनुभयो । प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लवनकश्यप अधिकारीले निर्वाचनको वातावरण शान्तिपूर्ण र सौर्हादपूर्ण रहेको छ भन्दै सम्पूर्ण मतदान केन्द्र सुरक्षित रहेको र भयरहित एवं त्रासबिना मतदान गर्न सबैलाई आग्रह गर्नुभएको छ । प्रत्येक निर्वाचन केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी र नेपाली सेनाको व्यवस्था गरिएकाले ढुक्कसाथ मतदान गर्न मतदातालाई आफ्नो केन्द्रमा जान आग्रह गर्नुभयो ।

जिल्लामा तीन सय छ केन्द्रमा आठ सय ३९ मतदान केन्द्र र दुई अस्थायी केन्द्र गरी जम्मा आठ सय ४१ मतदान केन्द्र रहेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो । जिल्लामा रहेका मतदानस्थल र मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

उहाँले निर्वाचनलाई निष्पक्ष, भयरहित, स्वच्छ, स्वतन्त्र एवं मर्यादित बनाउन हरसम्भव प्रयास जारी रहेको भन्दै निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरी सुरक्षाको चार घेरा रहने बताउनुभयो ।

एक मतदान केन्द्रमा आठदेखि १२ राष्ट्रसेवक कर्मचारी परिचालन हुने व्यवस्था पनि भएको प्रजिअ दाहालले जानकारी दिनुभयो । मोरङमा प्रतिनिधिसभातर्फ छ स्थानका लागि एक सय पाँच र प्रदेशसभातर्फ १२ स्थानका लागि एक सय १० जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी मतदानस्थलमा बिजुली, खानेपानी, टेलिफोन, शौचालय पूर्ण व्यवस्थासँगै सो स्थानको सरसफाइमा विशेष ध्यान दिन प्रिजिअ दाहालले निर्देशन दिनुभएको छ । जिल्लामा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरीका दुई हजार ८४ र तीन हजार १६ म्यादी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

मोरङमा कुल सात लाख ३५ हजार पाँच सय २५ जनाले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जसमा पुरुषको सङ्ख्या तीन लाख ७४ हजार तीन सय २६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ९३ रहेका छन् ।

छवटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार छ सय १५ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेशसभामा मतदान गर्ने (१)मा ६४ हजार चार सय ८२ र (२) मा ५९ हजार एक सय ३३ मतदाता छन् । निर्वाचन क्षेत्र नं २ मा एक लाख २४ हजार सात सय २९ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेशसभाका लागि (१)मा ६१ हजार ५८ र (२)मा ६३ हजार छ सय ७१ मतदाता छन् ।

निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता छन् भने प्रदेशसभातर्फ (१)मा ७५ हजार तीन सय ९३ र (२)मा ७४ हजार चार सय ४०, निर्वाचन क्षेत्र नं ४ मा एक लाख १० हजार ९३ मतदाता छन् भने प्रदेशसभातर्फ (१)मा ५७ हजार तीन सय ९० र (२)मा ५२ हजार सात सय तीन मतदाता छन् । निर्वाचन क्षेत्र नं ५ मा एक लाख चार सय ९४ मतदाता छन् भने प्रदेशसभातर्फ (१)मा ४७ हजार चार सय ५५ र (२)मा ५३ हजार ३९ तथा निर्वाचन क्षेत्र नं ६ मा एक लाख २६ हजार सात सय ६१ मतदाता छन् । प्रदेशसभातर्फ (१)मा ७८ हजार नौ सय ६४ र (२)मा ४७ हजार सात सय ९७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]