१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

पैसा लिन नमान्दा उपेन्द्र यादवको कार्यकर्ताबाट मतदाता कुटिए

Logo
प्रकाशित आइतबार, मंसिर ०४, २०७९

न्यूजमधेश डेस्क
सप्तरी, ४ मंसिर । सप्तरीको छिन्नमस्ता वार्ड नम्बर ७ मा पैसा लिन नमान्दा मतदाता कुटिएका छन् ।

गएराति १ बजेको समयमा छिन्नमस्ता ७ स्थित हाटीटोलमा पैसा लिन नमान्दा जसपा कार्यकर्ताबाट मतदाता कुटिएको हो ।

कुटपिटबाट ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा स्थानीय ४८ बर्षीया उषादेवी मंडल, ५१ बर्षीय सुकराम मंडल र १९ बर्षीय शुशील कुमार मंडल रहेका छन् । उनीहरुको उपचार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भईरहेको छ ।

यो घट्ना सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ । मनोज विद्रोहीको फेसबुक एकाउन्टबाट सार्वजनिक गरिएको सो भिडियोमा पीड़ित उषाले पुर्व जिल्ला समन्वय समिति प्रमुख एवं जसपा नेता प्रभाकर यादवको निर्देशनमा आफूहरुलाई कुटपीट गरिएको बताएकी छिन् । प्रभाकर जसपाका नेता हुन् र उपेन्द्र यादव लाई जिताउन मत किन्न पुगेका थिए ।

“पैसा लिन नमान्दा मनोज भनिने प्रभाकर यादवको निर्देशनमा आफूहरुलाई सत्यनारायण यादव, दुर्गा यादव, जोगेन्द्र यादव र विरेन्द्र यादवले कुटेको छ” उनले भिडियोमा बोलेकी छिन् “मेरो मोवाइल र मंगसुत्र पनि हराएको छ ।” यस घट्ना बारे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता लाई फोन गर्दा मोवाइल उठेन ।

यसअघि जसपा बाटै चुनाव जितेर विष्णुपुर गाउँपालिकाका अध्यक्ष भएका उमेशप्रसाद यादवले उपेन्द्र यादवलाई जिताउन मतदातालाई पैसा बाँड्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]