२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

रुपन्देही–५(२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

न्यूजमधेश डेस्क
रुपन्देही ,७ मङ्सिर । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार फखरुद्दिन खानलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । गुप्ताले १२ हजार नौ सय ४१ मत प्राप्त गर्नुभएको छ ।

खानले ११ हजार छ सय ५१ मत ल्याउनुभएको निर्वाचन अधिकृत चिन्तनामणि शर्माले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको मतगणना सकिएपछि आधिकारिक घोषणा हुने उहाँको भनाइ छ । यस क्षेत्रको प्रदेशसभातर्फ ५(१) मा नेकपा (एमाले) का नेता तथा पूर्वसांसद भूमिश्वर ढकालले फराकिलो अन्तर बनाउनुभएको छ ।

यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमालेका वासुदेव घिमिरे अगाडि हुनुहुन्छ । कांग्रेसका भरतकुमार शाह दोस्रो स्थानमा हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]