३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

मतदाता समक्ष गरेको वाचा पूरा गराउन जनमत सरकारमा जान्छ : सिंह

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

मतदाता समक्ष गरेको वाचा पूरा गराउन जनमत सरकारमा जान्छ : सिं

धीरेन्द्रप्रसाद साह
जनकपुरधाम,२१ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २(क) बाट नवनिर्वाचित मधेश प्रदेश सभा सदस्य सतिशकुमार सिंहले मतदाता समक्ष गरेको प्रतिबद्धता पूरा गराउन सरकारमा सहभागीका लागि कुराकानी अगाडि बढेको बताउनुभएको छ ।

जनमत पार्टीको नीति निर्देशन, सुझाव र सल्लाहलाई आत्मसात गरेर सरकारमा सहभागी जनाउने संकेत पाइरहेको उहाँले बताउनुभयो । संघ र प्रदेश सरकारमा सहभागी जनाउन सत्ता गठबन्धन नेतृत्व दलसँग कुराकानी अगाडि बढेको उहाँले बताउनुभयो ।

उहाँले निर्वाचनताका रोजगारीको अवसर सिर्जना गरी बेरोजगारी समस्या समाधान गरिने, किसानलाई सर्वसुलभ मलखाद्य, विउविजन, सिंचाइ सुविधा उपलब्ध गराउने प्रमुख एजेन्डा अगाडि बढाएको बताउनुभयो ।

सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुको साथै गरिव, विपन्न परिवारलाई पहिलो प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधार निर्माणमा अग्रसर रहने समेत मतदाता समक्ष प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।

संघ र प्रदेश दुबै सरकारमा हामी सहभागी हुन्छौ, उहाँले भन्नुभयो, किनभने हामी मतदाताबीच गरेको वाचा सरकारमा गएर मात्र पूरा गर्न सक्छौ । सत्ताको लागि मात्र सरकारमा हामी जाने छैनौ, उहाँले थप्नुभयो, हाम्रो बटम लाइन नागरिकता र किसान आन्दोलनका मागहरू सरकारले समेटनुपर्छ ।

विद्यार्थी जीवनदेखि राजनीतिक गतिविधिमा सक्रिय भइ लाग्नुभएको सिंह स्थानीय निर्वाचन २०७४ मा तत्कालीन राजपाबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा निर्वाचित भइ सफलतापूर्वक कार्यकाल पूरा गर्नुभएको थियो ।

पछिल्लो स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनावमा उठ्दा पराजित हुनु भएको थियो । त्यसपछि प्रदेश सभा सदस्य निर्वाचनको केही महिनाअघि जनमत पार्टीमा प्रवेश गरेर सोही पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन भएको छ ।

जिम्मेवारीपूर्वक गाउँपालिकाको नेतृत्व सम्हालेको अनुभवी सिंह सालिन, भद्र स्वभावको रुपमा परिचित एवं लोकप्रिय हुनुहुन्छ । मधेश आन्दोलन तथा अधिकारका आन्दोलनमा अग्रनी भूमिका निर्वाह गरिसक्नु भएको उहाँ प्रदेश सरकारमा जिम्मेवारी भूमिकामा सहभागी हुन दाबी गरिरहनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]