२५ कार्तिक २०८२, मंगलबार
11-11-2025 , Tue
×

टोल कक्षा: बालबालिकालाई सिक्ने अवसर

Logo
प्रकाशित आइतबार, मंसिर २५, २०७९

न्यूजमधेश डेस्क
कञ्चनपुर, २५ मङ्सिर ।कैलालीको चुरे गाउँपालिका–३ चित्रपुरका आधारभूत तहमा अध्ययनरत सोनिया धामी गायनमा निकै पोख्त हुनुहुन्छ । साथीहरुसंग माझमा कुरा गर्न हिच्किचाउने, लाजले मुख थुन्ने उहाँ अहिले निर्धक्कसँग विद्यालयमा हुने कार्यक्रममा भाग लिन थाल्नुभएको छ ।

गीत–सङ्गीतमा उहाँ विद्यालयकै अब्बल छात्राका रूपमा परिचित हुनुभएको छ । शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गत टोल कक्षा सञ्चालन भएपछि विद्यार्थीको क्षमता अभिवृद्धि भएको छ । “कोरोना सङ्क्रमणका बेला विद्यालयको पढाइ प्रभावित हुँदै आएको थियो”, टोल शिक्षक दुर्गा मल्लले भन्नुभयो, “बालबालिका घरमा बस्नुपर्दा विद्यालयमा सिकेको कुरा बिर्सिसकेका थिए, टोल कक्षा सञ्चालन भएपछि बालबालिकाको पढ्ने, क्षमता प्रदर्शन गर्ने कार्यमा वृद्धि भएको छ ।” अडियो, भिडियो सुनेर कक्षामा बालबालिकाले पठनपाठनको कार्य गर्दै आएका छन् ।

“विद्यालय जानुपर्दा आधारभूत तहका बालबालिका निकै रुने, कराउने विद्यालय जान नाइनास्ती गर्दथे”, शिक्षक मल्ले भन्नुभयो, “हाल घरकै वातावरणमा टोल कक्षामा पढाइ हुन थालेपछि बालबालिका नियमित विद्यालय आउने क्रम बढेको छ ।” उहाँका अनुसार टोल कक्षामा सहभागी हुने बालबालिकालाई सरसफाइ र स्वच्छताका बारेमा दैनिक बताउने गर्न थालेपछि बालबालिका पहिलेको तुलनामा व्यक्तिगत सरसफाइमा ध्यान दिन थालेको उहाँले बताउनुभयो ।

विद्यालय पोशाक चटक्क पारेर, कपाल कोरेर बालबालिका विद्यालय पुग्छन्, गृहकार्य गर्छन्, अनुशासित भएर कक्षा कोठामा सहभागी हुने गरेका छन् । नबुझेको कुरा आत्मविश्वासका साथ पालैपालो सोध्ने कार्य बालबालिकाले गर्ने गरेका छन् ।

“टोल कक्षाले विद्यालय र अभिभावकको बीचमा पुलको काम गरेको छ”, भानु माध्यमिक विद्यालयका प्रद्यानाअध्यापक विष्णु पाण्डेयले भन्नुभयो, “कोरोनाका कारण टुटेको विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावकबीचको सम्बन्ध यस कार्यक्रमले जोड्ने कार्य गरेको छ ।”

विगतको तुलनामा पढ्ने, लेख्ने सीपको विकास बालबालिकामा भएको पाइएको उहाँले बताउनुभयो । बालबालिका विद्यालयमा पठाएपछि अभिभावकले शिक्षाको अवस्थाका बारेमा सोधीखोजी गर्दैनथे । हाल टोल कक्षामार्फत सचेत पार्ने कार्य गरिएपछि बालबालिकाको शिक्षाको अवस्था बुझ्न महिनाको एकपटक अभिभावक विद्यालयमा पुग्ने गरेको टोल शिक्षक कल्पना बमले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत टोल शिक्षकलाई सल्लाह, सुझाव दिन र अनुगमनका लागि सम्बन्धित विद्यालयका प्रद्यानाअध्यापकलाई जिम्मा दिइएको छ । बालबालिकालाई पढ्नका लागि सहजता प्रदान गर्न प्रत्येक टोल कक्षामा ट्यावसँगै स्वअध्ययन सामग्री उपलब्ध गराइएको छ ।

शिक्षा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गत घरायसी तथा समुदायमा आधारित टोल शिक्षक र विद्यालयमा अध्ययन गराउने शिक्षकलाई पुनःताजगी तालिम, विद्यालय सरसफाइ (हात धुने) सुविधाको सुधारमा सहयोग, सिकाइ निरन्तर योजनाका लागि विद्यालयमा अनुदान, इसिडी किट प्रयोग गर्नका लागि सहजकर्तालाई तालिम दिइएको परियोजनाका कार्यक्रम संयोजक कर्ण बानियाँले जानकारी दिनुभयो । टोल शिक्षा कार्यक्रमलाई निरन्तरता दिई बालबालिकाको सिक्ने क्षमता अभिवृद्धि गर्नका लागि कार्यक्रम अगाडि बढाइनुपर्ने चुरे गाउँपालिकाका वडा नं १ का वडाध्यक्ष डम्बरबहादुर सिंहले बताउनुभयो ।

“वैकल्पिक स्रोत परिचालन गरेर टोल कक्षालाई निरन्तरता दिन प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “यस कार्यले शिक्षाको गुणस्तरमा वृद्धि हुन्छ, गाउँपालिकाको आगामी योजनामा यस कार्यक्रमलाई समेट्छौँ ।” गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विविराज सोतीले कोभिडका कारण देशभरका ८० लाख बालबालिका प्रभावित भएको उल्लेख गर्दै सिकाइबाट बञ्चित बालबालिकालाई यस कार्यक्रमले सघाउ पु¥याएको बताउनुभयो ।

“सिक्न नपाएका बालबालिकाले सिक्ने अवसर पाए”, उहाँले भन्नुभयो, “पाठ्यक्रममा भएका पाठ्य विषयवस्तु बालबालिकाले बिर्सिसकेका थिए, टोल कक्षा सञ्चालनले बालिबालिकाले बिर्सिएको कुरा पुनः सिक्ने अवसर पाए, सेवामा सबैभन्दा ठूलो सेवा यस कार्यक्रमका माध्यमबाट भएको छ ।”

टोल कक्षाको प्रभावकारिताको कारणले विद्यालयमा शैक्षिक सामग्रीको सजावट विगतको तुलनामा निकै परिवर्तन भएको पाइएको उहाँले बताउनुभयो । “विद्यार्थीको विद्यालय आउने दरमा वृद्धि भएको छ, न्यून सेवा सुविधा पाएर पनि टोल शिक्षकले सेवा दिएका छन्, कार्यक्रममा देखिएका असल अभ्यासलाई अगाडि बढाउन आतुर छौँ ।”

युएसएआइडीको आर्थिक सहयोगमा युनिसेफको समन्वय र निड्स नेपाल कञ्चनपुरद्वारा सञ्चालित शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गतको टोल शिक्षा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी र अछाम जिल्लाका १० गाविसका तीन सय ५३ विद्यालयको सेवा क्षेत्रभित्र एक हजार ४५ टोल कक्षा सञ्चालित छन् । कञ्चनपुरको बेलडाँडी र लालझाडी गाउँपालिका, कैलालीको कैलारी, जोशीपुर, जानकी, बद्र्धगोरिया, चुरे, मोहन्याल बैतडीको डिलाशैनी र अछामको रामारोशन गाउँपालिकामा कार्यक्रम सञ्चालमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]