३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

नयाँ पार्टी गठन गर्ने स्वतन्त्र सांसदहरूकाे तयारी

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२७ मङ्सिर । आमनिर्वाचनमा स्वतन्त्र रुपमा चुनाव जितेका प्रभु साह, अमरेश सिंह, किरण साह र योगेन्द्र मण्डलले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । स्वतन्त्र सांसदहरुबीच नयाँ दल गठन गर्ने विषयमा छलफल सुरु भएको छ ।

स्वतन्त्र सांसदहरू रौतहट-३ का प्रभु साह, रौटहट-२ का किरण साह, मोरङ-५ का योगेन्द्र मण्डल र सर्लाही–४ का अमरेश सिंहबीचकाे छलफलले नयाँ पार्टी गठन गर्ने निर्णय गरेकाे हाे ।

यस विषयमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीसँग पनि छलफल भइरहेको सिंहले बताए ।

सिंह नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र लडेर सांसद भएका हुन् । साह माओवादी हुँदै एमालेमा गएका थिए । उनले मंसिर ४ को संसदीय चुनावमा एमालेकाे टिकट त्यागेर स्वतन्त्र रुपमा लडेका थिए ।

रौतहट-२ बाट निर्वाचित किरण पनि प्रभु शाह निकट हुन् । मण्डल एमालेले टिकट नदिएपछि मोरङ-५ मा स्वतन्त्र उम्मेदवार उठेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]