०१ जेठ २०८२, बिहिबार
15-05-2025 , Thu
×

सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९

न्यूजमधेश डेस्क
सर्लाही ,६ पौष । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन ।

उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताउनुभयो । उहाँका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि गत वर्षकै मूल्य कायम गरी उखु खरिद गर्न थालेको हो ।

हरिवनमा रहेको इन्दुशङ्कर र बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालनमा आएका भए पनि अन्नपूर्ण सुगर मिलले किसानको पुरानो उखुको भुक्तानी नगरेकाले सञ्चालनमा आउन नसकेको हो ।

जिल्लाका दुई चिनी मिलले पुस १ गतेबाट उखु खरिद सुरु गरी क्रसिङको तयारी गरेका थिए । सरकारले उखुको मूल्य निर्धारण नगर्दा गत वर्षकै मूल्यमा भुक्तानी दिइने र मूल्य निर्धारण भएपछि बाँकी रकम भुक्तानी दिने सहमति चिनी उद्योगहरूले गरेका छन् ।

उखु किसानले उखुको मूल्य प्रतिक्विन्टल कम्तीमा रु सात सय पाँच कायम गर्नुपर्ने माग गरेका उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो । उहाँका अनुसार उखु किसानले चिनी उद्योगमा उखु पु¥याएपछि भुक्तानी पाउने झन्झटिलो प्रक्रिया र उखुको एकैपटकमा भुक्तानी नपाउदा किसान मारमा परेका छन् । तर खेतमा उखु सुक्न दिनुभन्दा उधारो भए पनि बेच्नुपर्ने किसानलाई बाध्यता छ ।

जिल्लामा करिब ३० हजार बिघा क्षेत्रफलमा उखुखेती हुने गरेकामा यस वर्ष आधाभन्दा पनि कम जमिनमा किसानले उखुखेती गरेका उखु उत्पादक किसानका अगुवा राजकुमार मैनालीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा यस वर्ष करिब १४ हजार बिघा क्षेत्रफलमा उखुखेती भएको छ ।

इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष करिब ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने र यस वर्षका लागि उखुको मूल्य उद्योगले रु पाँच सय २० र सरकारले रु ७० किसानलाई भुक्तानी दिने उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर नेपालले बताउनुभयो । उखु उत्पादक किसानले सधैँ घाटा खाएर उखु बेच्नुपरेका कारण उखुको मूल्य बढाउन आफूहरूले माग राखेको उखु उत्पादक किसान महासङ्घका अध्यक्ष मैनालीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]