१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

डा.सीके राउतले थाल्यो अस्पताल सुधार अभियान

Logo
प्रकाशित शनिबार, पुष ०९, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,९ पौष ।जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले गजेन्द्रनारायण सिंह अस्पताल सुधारको प्रयास थालेका छन् । उनले अस्पताल सुधारको पहिलो कदम भन्दै अस्पतालमा सुझाव पेटिका राखेका छन् ।

सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.राउतले अस्पतालसम्बन्धी कुनै गुनासो वा सुझाव भए दिन भन्दै सुझाव पेटिका राखेका हुन् । सुझाव पेटिकामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको नाम तथा सम्पर्क नम्बरसमेत उल्लेख गरिएको छ ।

सप्तरीको राजविराजमा रहेको उक्त सरकारी अस्पताल पछिल्लो समय रेफरल सेन्टरमा सीमित भएको भन्दै अस्पताललाई बचाउने आफ्नो अभियान भएको उनको भनाइ छ । अस्पतालले निशुल्क दिनुपर्ने औषधि दिएन भने खबर गर्न उनले भनेका छन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै डा. राउतले भनेका छन्, ‘गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सुधारको पहिलो कदम–जनताको सुझाव र सहयोगबाट नै यो सम्भव हुन सक्छ । रेफरल सेन्टरमा सीमित हुन पुगेको अस्पताललाई जोगाऔँ । निःशुल्क पाउनुपर्ने औषधी पनि अस्पतालले बिरामीलाई उपलब्ध गराएन भने त्यो पनि खबर गर्नुहोला ।’

सो जन आवाज तथा सुझाव पेटिका शनिबार अस्पताल अगाडि प्रदेश सभा सदस्य सतिशकुमार सिंह र महेश प्रसाद यादवको उपस्थितिमा लगाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]