१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

मलेसियामा डेढ दर्जन युवा अलपत्र,खाना पाउन मुश्किल

Logo
प्रकाशित आइतबार, पुष २४, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२४ पौष । मलेसियामा रोजगारीका लागि पुगेका डेढ दर्जन नेपालीहरु अलपत्र परेका छन् । मलेसियाको केलाङ सहरको एक भवनभित्र अलपत्र परेका उनीहरू चिसो भुइँमा कष्ठसँग दिन-रात बिताइरहेका छन् ।

ज्यादतीविरुद्ध बोल्दा कम्पनीले कामबाट निकालिदिएपछि उनीहरु एक सातादेखि अलपत्र परेका हुन् । कम्पनीबाट निकालेर एक भवनको अनकन्टार कोठामा लगेर छाडेका म्यानपावर कम्पनीका एजेन्टले उनीहरुलाई कोठा बाहिर ननिस्कन भनेको छ ।

पीडित बाबुलाल विश्वकर्माका अनुसार उनीहरु बसेको कोठमा बत्ती, पानी र खानाको सुविधा दिइएको छैन । काठमाडौंको खोजी रिक्वायरमेन्टबाट ४ महिनाअघि मलेसिया पुगेका उनीहरुमध्ये रौतहटका हिरालाल राउतलाई ‘हङ टिज चिकेन सप्लायर्स’ कम्पनीका सञ्चालकबाट अभद्र व्यवहार र कुटपिट भएको थियो । त्यसअघि पनि फरक-फरक श्रमिकले यस्तो यातना सहेकाले उनीहरु सबै एकजुट भएर त्यस्तो हर्कतविरुद्ध बोलेका थिए ।

५० किलो तौलको बोरा उचाल्न नसकेको भन्दै कुटपिटमा उत्रिएका कम्पनी सञ्चालकविरुद्ध आवाज उठाएपछि २८ जनालाई कामबाट निकालिदिएको थियो । त्यसपछि म्यानपावर कम्पनीको समन्वयमा एजेन्टले एउटा कोठामा ल्याएर छोडेको हो ।

मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरुले श्रमिकहरुलाई आएर भेटेपनि सकेसम्म मिल्न र कम्पनीमा फर्किएर काम गर्न अनुरोध गरेको थियो । युवाहरूले दुर्ब्यवहार सहेर काम गर्न नसकिने बताएपछि प्रहरीमा प्रमाणसहित उजुरी गर्न सुझाव दिएर दूतावासका अधिकारी फर्किएका थिए ।

त्यसपछि आधा दर्जन युवाहरु काममा फर्किएका छन् । तर, यातना सहेर नबस्ने भन्दै डेढ दर्जनभन्दा बढी नेपाली भने अझै उद्धार मागिरहेका छन् । ‘हामीमाथि पटक-पटक यस्तो दुर्ब्यवहार भएको छ, हामीसँग कुटपिटको भिडियो र प्रमाण छैनन्,’ भिडियो कुराकानीमा विश्वकर्माले भने,’यहाँको प्रहरीले पनि प्रमाण माग्छ । हामी देश फर्किन चाहान्छौं यहाँबाट छिटो उद्धार गरिदिनुपर्‍यो ।’

पीडितहरुका अनुसार उनीहरुको पासपोर्टसहित सबै कागजपत्र पनि खोसिएको छ । उनीहरु अधिकांश दिनको एक छाक मात्रै खाएर बसेका छन् । कागजपत्रविना बाहिर निस्किँदा समेत समातिने डर उनीहरुलाई छ ।

पीडितका परिवारले पनि अलपत्र परेका आफ्ना आफन्तलाई सकुशल नेपाल ल्याइदिने वातावरण बनाइदिन माग गरेका छन् । मानसिक र शारीरिक याताना दिएर अलपत्र बनाउने काम भएको भन्दै उनीहरुले न्युनतम् मानवीय व्यवहार समेत नदेखाएको देख्दा देख्दै मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरु पनि निरीह भएको आरोप लगाएका छन् ।

‘दूतावास पनि कम्पनी, एजेन्ट र मलेसियाको पुलिसकै भाषा बोलिरहेको छ,’ पीडित युवकका एक आफन्तले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]