२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

मलेसियामा डेढ दर्जन युवा अलपत्र,खाना पाउन मुश्किल

Logo
प्रकाशित आइतबार, पुष २४, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२४ पौष । मलेसियामा रोजगारीका लागि पुगेका डेढ दर्जन नेपालीहरु अलपत्र परेका छन् । मलेसियाको केलाङ सहरको एक भवनभित्र अलपत्र परेका उनीहरू चिसो भुइँमा कष्ठसँग दिन-रात बिताइरहेका छन् ।

ज्यादतीविरुद्ध बोल्दा कम्पनीले कामबाट निकालिदिएपछि उनीहरु एक सातादेखि अलपत्र परेका हुन् । कम्पनीबाट निकालेर एक भवनको अनकन्टार कोठामा लगेर छाडेका म्यानपावर कम्पनीका एजेन्टले उनीहरुलाई कोठा बाहिर ननिस्कन भनेको छ ।

पीडित बाबुलाल विश्वकर्माका अनुसार उनीहरु बसेको कोठमा बत्ती, पानी र खानाको सुविधा दिइएको छैन । काठमाडौंको खोजी रिक्वायरमेन्टबाट ४ महिनाअघि मलेसिया पुगेका उनीहरुमध्ये रौतहटका हिरालाल राउतलाई ‘हङ टिज चिकेन सप्लायर्स’ कम्पनीका सञ्चालकबाट अभद्र व्यवहार र कुटपिट भएको थियो । त्यसअघि पनि फरक-फरक श्रमिकले यस्तो यातना सहेकाले उनीहरु सबै एकजुट भएर त्यस्तो हर्कतविरुद्ध बोलेका थिए ।

५० किलो तौलको बोरा उचाल्न नसकेको भन्दै कुटपिटमा उत्रिएका कम्पनी सञ्चालकविरुद्ध आवाज उठाएपछि २८ जनालाई कामबाट निकालिदिएको थियो । त्यसपछि म्यानपावर कम्पनीको समन्वयमा एजेन्टले एउटा कोठामा ल्याएर छोडेको हो ।

मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरुले श्रमिकहरुलाई आएर भेटेपनि सकेसम्म मिल्न र कम्पनीमा फर्किएर काम गर्न अनुरोध गरेको थियो । युवाहरूले दुर्ब्यवहार सहेर काम गर्न नसकिने बताएपछि प्रहरीमा प्रमाणसहित उजुरी गर्न सुझाव दिएर दूतावासका अधिकारी फर्किएका थिए ।

त्यसपछि आधा दर्जन युवाहरु काममा फर्किएका छन् । तर, यातना सहेर नबस्ने भन्दै डेढ दर्जनभन्दा बढी नेपाली भने अझै उद्धार मागिरहेका छन् । ‘हामीमाथि पटक-पटक यस्तो दुर्ब्यवहार भएको छ, हामीसँग कुटपिटको भिडियो र प्रमाण छैनन्,’ भिडियो कुराकानीमा विश्वकर्माले भने,’यहाँको प्रहरीले पनि प्रमाण माग्छ । हामी देश फर्किन चाहान्छौं यहाँबाट छिटो उद्धार गरिदिनुपर्‍यो ।’

पीडितहरुका अनुसार उनीहरुको पासपोर्टसहित सबै कागजपत्र पनि खोसिएको छ । उनीहरु अधिकांश दिनको एक छाक मात्रै खाएर बसेका छन् । कागजपत्रविना बाहिर निस्किँदा समेत समातिने डर उनीहरुलाई छ ।

पीडितका परिवारले पनि अलपत्र परेका आफ्ना आफन्तलाई सकुशल नेपाल ल्याइदिने वातावरण बनाइदिन माग गरेका छन् । मानसिक र शारीरिक याताना दिएर अलपत्र बनाउने काम भएको भन्दै उनीहरुले न्युनतम् मानवीय व्यवहार समेत नदेखाएको देख्दा देख्दै मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरु पनि निरीह भएको आरोप लगाएका छन् ।

‘दूतावास पनि कम्पनी, एजेन्ट र मलेसियाको पुलिसकै भाषा बोलिरहेको छ,’ पीडित युवकका एक आफन्तले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]