०१ जेठ २०८२, बिहिबार
15-05-2025 , Thu
×

मन्त्रीको सपथ लिए लगत्तै कुशवाहाले गरे सहिद परिवारलाई सम्मान

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ पौष।डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश प्रदेशमा नवनियुक्त मन्त्री ई. बसन्त कुशवाहाले सहिद परिवारलाई सम्मान गर्दै काम थाल्नी गर्नुभएको छ ।

शुक्रवार मन्त्री पदको सपथ लिएपछि उनले मधेश आन्दोलनको क्रममा मारिएका ब्रहमदेव ठाकुरका आमा मलिनिया देवीलाई सम्मान गरेर काम सुरु गरेका हुन् ।

जनमत पार्टीका प्रदेशसभा सदस्यहरु तथा पार्टीका नेताहरु सहित मन्त्री कुशवाहा गणेशमान चारनाथ नगरपालिका—१ स्थित छघरियामा रहेको उनको घरमै पुगेर दोसल्ला ओढाएर मलिनियालाई सम्मान गरेका छ्न ।

आर्थिक अवस्था दयनीय रहेको उनको परिवारलाई प्रदेश सरकारले हरसम्भव सहयोग गर्ने कुशवाहाले आश्वासन दिए । जनमत पार्टीले सहिद परिवारलाई पनि पहिलै प्राथमिकतामा राखेर काम गर्नेछ ।

२०६३ माघमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको वीरेन्द्रबजार चोकमा प्रहरीले चलाएको गोली लागेर १७ वर्षीय ब्रह्मदेवको मृत्यु भएको थियो । मधेश आन्दोलनमा मारिएका उनी धनुषाका पहिलो सहिद हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]