०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

विमान दुर्घटनामा निधन भएकाहरूको सम्झनामा जनमत पार्टीद्वारा दीप प्रज्वलन

Logo
प्रकाशित सोमबार, माघ ०२, २०७९

जनकपुरधाम,२ माघ।आइतबार बिहान पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा निधन भएकाहरूको सम्झनामा सोमबार साँझ जनकपुरधामको जनकचौकमा दीप प्रजवलन गरिएको छ ।

जनमत पार्टी धनुषाले आज साँझ मधेश प्रदेशको राजधानी जनकपुरधामको जनक चौकमा दीप प्रज्वलन गरी शोक मनाएका हुन्।

आइतबार बिहान काठमाडौंबाट पोखराको लागि उडेको यती एयरको बिमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेतो खोचमा दुर्घटनामा परेको थियो ।

उक्त विमानमा सवार चालक दलका चार सदस्यसहित कूल ७२ जनाको निधन भएको छ । वरिष्ठ क्याप्टेन कमल के.सी र पाइलट अञ्जु खतिवडाले उडाएको उक्त विमानमा १५ जना विदेशी नागरिक सवार थिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत अन्यले खोज तथा उद्दार गरेर सबै शवहरू फेला पारेका छन् ।

सो कार्यक्रममा मधेश प्रदेशका सांसद संजय कुमार यादव,गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साह,जनमत पार्टीका नेताकार्यकर्ताहरुकोसमेत उपस्थितिमा दीप प्रज्वलन गरि ज्यान गुमाएकाहरुलाई आत्माको शान्तिको कामना गरेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]