३२ साउन २०८२, आइतबार
17-08-2025 , Sun
×

शहीद परिवारहरूसँग मन्त्री कुशवाहाले गरे भेटघाट

Logo
प्रकाशित सोमबार, माघ ०२, २०७९

न्यूजमधेश डेस्क
सिरहा,२ माघ।मधेश प्रदेशका मन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष ईन्जिनियर बशन्त कुशवाहाले मधेश आन्दोलनका शहीद परिवारहरूसँग भेटघाट गरेका छन्।

मधेश आन्दोलनका क्रममा सिरहा जिल्लामा शहीद भएका रमेश महतोको आमाबाबुसँगै उनका परिवारका सदस्यहरुलाई मन्त्री कुशवाहाले भेटेका हुन् ।

यसैगरी, शहीद प्रमोद सादा र बिजय सहनीको परिवारलाई पनि मन्त्री कुशवाहाले सम्मान गरेका छन् ।

सोही क्रममा मन्त्री कुशवाहाले लाहान स्थित शहीद पार्कमा पनि माल्यार्पण समेत गरे ।

शहीद परिवारहरुसँगको भेटमा मन्त्री कुशवाहाले मधेश सरकारले शहीद परिवारको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]