११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

संसदमै डा.सीके राउतले उठाए बोल्न दिइएको समयबारे प्रश्न

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१० माघ। जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद डा.सीके राउतले बोल्न दिइएको समयबारे प्रश्न उठाएका छन्।

ठूला दलका सांसदलाई धेरै समय र साना दलका सांसदलाई थौरै समय दिइएकोमा उनले आपत्ति जनाएका हुन्।

‘संसदमा धन्यबाद दिनका लागि नै कसैलाई ९० मिनेट र कसैलाई ५ मिनेट समय छुट्याउनु कसरी उपयुक्त हो?,’ उनले भने, ‘एउटै क्रियाको लागि फरक समय? त्यसो भए ९० सिट ल्याएको पार्टीको सांसदलाई चिया वा बाथरूम जान पनि ९० मिनेट र एक सिट भएको पार्टी वा स्वतन्त्र सांसदलाई १ मिनेट छुट्याउनुपर्ने हो।’

संसदमा सांसदलाई बोल्न समय दिनुअघि सभामुखले समय तोक्ने प्रचलन छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]