२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

आईसीयूको भिडियो सार्वजनिक भएपछि राज्यमन्त्री कार्कीको आलोचना

Logo
प्रकाशित बुधबार, माघ ११, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,११ माघ। स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले मंगलबार आत्महत्याको प्रयास गरेका प्रेमप्रसाद आचार्यलाई आईसीयूमा भेट्न गएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।

अघिकांश आलोचकहरुले आईसीयूजस्तो संवेदनशील स्थानमा गएर बिरामीलाई भेटेको, उनीसँग विभिन्न प्रश्न सोधेर केरकार गरेको र सस्तो लोकप्रियताका लागि भिडियो समेत खिच्न लगाएर सार्वजनिक गरिएको भन्दै आलोचना गरेका छन्।

आईसीयूमा गएर बिरामीको केरकार गरेको भन्दै डा नवरत बाँनियाले चिकित्सकको नैतिकतामा प्रश्न गर्दै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘किन यस्तो? घाइते प्रेम आचार्यलाई आईसीयू कक्षभित्र भेट्न गएकी डा तोसिमा कार्की आफैं चिकित्सक हुन्। त्यो अवस्थामा केरकार गर्न हुँदैन भन्ने इथिक्स उनमा थिएन? नाङ्गो हातले आईसीयूको बिरामी छुन हुँदैन भन्ने चेत पनि हराएकै हो त? उनको डाक्टरीमाथि राजनिति हाबी भो। सम्हाल्लिनु पर्‍यो।’

यस्तै, ट्विटरका अर्का प्रयोगकर्ता प्रमित लिबाङ्गीले राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालमा चर्को प्रचार गर्न खोजेको आरोप लगाएका छन्। ‘तोसिमा कार्कीलाई आईसीयू भित्रको संवेदनशीलता समेत ज्ञान रहेनछ। पेशागत डाक्टर अनि मेडिकल काउन्सिलमा बसेको मान्छे। पेशागत क्षेत्रको मान्छे मन्त्री भएको के अर्थ भो यसरी। के सारो सस्तो प्रचारको खाँचो हो?’

यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्कीले बिरामीलाई भेटेको भन्दै कटाक्ष गरेका छन्। उनले लेखेका छन्, ‘राज्यमन्त्री तोसिमा कार्की राम्रो सम्भावना भएकी व्यक्ति हुन्। राजनीतिमा उनको प्रवेश स्वागतयोग्य छ। बिरामी भेट्न जानु राम्रो हो। तर, ८० प्रतिशत जलेर जीवन मृत्युको दोसाँधमा रहेका बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित लिएर आईसीयूमा जानु स्वयं चिकित्सक पनि रहेकी कार्कीको काम ठीक लागेन।’

मन्दिरा नाम गरेकी एक ट्विटर प्रयोगकर्ताले लेखेकी छन्, ‘बिरामी भेट्न जानुपर्थ्यो ठीक भयो। तर, राज्यमन्त्रीज्यूलाई मेरो प्रश्नः तपाईं आफैं डक्टर हो नि, आईसीयूमा रहेका सिरियस बिरामीलाई भेट्न जाँदा मिडिया लिएर जान जरुरी हो, लैजान मिल्छ? त्यो ठाँउको संवेदनशिलतालाई किन गम्भीर रुपमा लिनु भएन? तपाईं पनि मिडियाबाजी गरेर हिट हुने बिचार गर्नु भाको होर?’

यस्तै, अस्मिनी भेट्वालले लेखेकी छन्, ‘युवा नेतृत्वको परिभाषा नै सस्तो लोकप्रियता र मिडियाबाजीमा सीमित हुने भयो।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]