१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

इनर्वादेखि सघारा हुदै यदुकूहासम्म कालोपत्रे सडकको कार्य सुरु

Logo
प्रकाशित आइतबार, माघ २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ माघ । पुर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकादेखि धनुषाको शहिदनगर नगरपालिकासम्म कालोपत्रे सडक कार्य थाल्नी गरेको छ।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वा मल्हनीयाँदेखि शहिदनगर नगरपालिकाको वडा नं. ३ यदुकूहासम्म कालोपत्रे सडकको शनिबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले शनिबार बन्न लागेको कालोपत्रे सडकको शिलान्यास गरेका हुन् । पूर्वी सीमावर्ती क्षेत्रमा गाउँ–गाउँ जोडने पहिलो पटक कालोपत्रे सडक निर्माण हुन लागेको हो ।

जनकनन्दिनी गाउँपालिकाको वडा नं. १ मै पर्ने सीमावर्ती गाउँ इनर्वादेखि मल्हनीया–फुलबरिया–बनरझुला–साघारा चोक हुँदै टरिया लक्कड–सखुवा मडान तथा नरहा नाथपट्टि हुँदै ताराटोल–यदुकूहा बजारसम्म ८ किलोमिटरको कालोपत्रे सडक निर्माण हुन लागेको हो ।

लक्ष्मणरेखा नामक कन्सट्रक्सन कम्पनीलाई परेको सो ठेक्काको प्राथमिक लागत १२ करोड रुपैयाँ रहेको छ ।आज आइतबारदेखि नै कालोपत्रेको कार्य सुरु हुने जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]