०२ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

प्रहरीकै सेटिङमा सिमानाकामा बढ्यो तस्करी

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०४, २०७९

न्यूजमधेश डेक्स
रौतहट, ४ फागुन । रौतहट जिल्लाको सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षाको लागि खटाइएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी गराउनमा व्यस्त रहेको देखिएको छ । जिल्लाको बंकुल र नरकटिया एरियाबाट व्यापक रूपमा विभिन्न सामाग्रीहरू ओसारपसार भइरहेको छ ।

जिल्लाकै दोस्रो छोटी भन्सारको रूपमा बंकुल स्थित रहेको छ । तर त्यहाँ भन्सार कार्यालय भएपनि नेपाल सरकारले कर्मचारी नखटाएकोले त्यसको दोहोरो फैदा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल पोष्ट आउट सरमुजवाका प्रहरी निरीक्षक बिष्णु उप्रेतीले आफ्नो निगरानीमा मोटो रकम लिई खुल्याम नेपाल सरकारको राजस्व छलि गराई तस्करहरूसँग लाखौंलाखको असुली गरिरहेका छन् ।

त्यस्तै मोतिपुर नगरकटिया चौकीको प्रमुख असई लाल बहादुर तामाङ्गले पनि निरीक्षक उप्रेतीसँग मिलेर जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुख वीर बहादुर बुढा मगर र सशस्त्र प्रहरी बल कार्यालय रौतहटको प्रमुख माधव रेग्मीलाई बदनाम गर्न उहाँहरूको निर्देशन विपरीत दुबै जना मिलेर खुल्याम कपडा, खैनी, मोबिल,चिनि, तेल, मोटरसाइकल, ट्याक्टर, चिप, स्कारपियोको स्पेयर पार्टस, कुखुराको चल्लो, मलखाद्य, हाडवेयरको सामाग्री लगायत विभिन्न सामाग्री तस्करी गराई सो बापतको मोटो रकम असुली गरिरहेको छ ।

भारतीय बजार चैनपुर, घोडासहन, ढाका मोतिहारीबाट नेपाल भित्र्याउन बंकुल र नरकटिया नाकालाई प्रयोग गरिरहेको छ । ति तस्करहरूको कारण आफ्नो घर परिवारका लागि ल्याउने सामाग्रीलाई प्रहरीले समात्ने तर तस्करहरूबाट निरीक्षक उप्रेती र असई तामाङ्गले जुनसुकै अवस्थामा त्यहाँबाट रकम कमाउने उदेश्यले आफै तस्करलाई संरक्षण गरि कुन वेला कसरी समान नेपाल भित्र्याउने समय र बाटो समेत देखाउने गरिरहेको एक व्यापारीले नाम नखोल्ने सर्तमा बताएका छन् ।

तस्करीको मुख्य हब रामपुरखाप, मोतिपुर नरकटिया, बंकुल नाका अहिले बनेको छ त्यसको कारण नेपाल प्रहरीका असई तामाङ्ग र सशस्त्र प्रहरीको निरीक्षक उप्रेती हुन । सानोतिनो गाउँ–घरमा पसल थापेर घर परिवारको जीवन यापन गर्न केही समान ल्याउनेलाई दुख दिने समान समातिएर जिल्ला पठाइदिने तर ठूलो तस्करलाई बिहान–बेलुका र राति उसको घरमै पुगेर खाजा, खाना र आफै त्यहा बसेर भारतबाट समान नेपाल भित्र्याउन लगाउने कार्य समेत गरिरहेको पीडित एक व्यवसायीले बताए ।

ठूलो तस्करहरूबाट महिनाको ३० हजार देखि १ लाख सम्म लिइरहेका छन् अनि मिलेमतोमा दिनहु तस्करीको मेन अखाडा बनेको स्थानीयहरूले जनाएका छन् । तस्वीरमा जस्तै चिनी, कपडा, मैदा, मोटरसाइकलको स्पेयपट पुर्जाको, समाग्री लगायत अन्य लाखौं, लाखको माल समान तस्करी भइरहेको र प्रहरी मुर्खदर्शन बनेको स्थानीय बासिन्दाले बताएका छन् ।

नेपाल प्रहरीका असई तामाङ्ग र सशस्त्र प्रहरीको निरीक्षक उप्रेतीले जिल्लामा नयाँ सिडियो र सशस्त्र प्रहरीका नयाँ एसपी आएको मौका छोपेर कमाउ धन्दामा लागेको स्थानिय बासिन्दाको भनाई रहेको छ । कमाउ धन्दामा लागेका उप्रेती र तामाङ्गलाई तत्काल सो स्थानबाट सरुवा गर्न स्थानिय बासिन्दाले माग समेत गरेका छन् । उप्रेती र तामाङ्गको मिलोमतोमा गाई, भैसीको समेत तस्करी बढ्दै गएको स्थानियको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]