०१ जेठ २०८२, बिहिबार
15-05-2025 , Thu
×

खानेपानी मन्त्रालयले सार्वजनिक ग¥यो टोल फ्रि नम्बर

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०४, २०७९

न्यूजमधेश डेक्स
काठमाडौं,४ फागुन। खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोेल फ्रि नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गर्नुभएको हो ।

तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गर्नुभएको हो । “खानेपानी समस्या समाधान गर्न र उपभोक्ताको गुनासो सुन्न खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरेको हो, हाम्रो टोल फ्रि नम्बर ११७१ मा पाइपलाइन फुटेमा वा कतै पानीको लाइन बिग्रिएर खानेपानी नपाएमा उपभोक्ताले सिधै मन्त्रालयमा रहेको कल सेन्टरमा फोन गरेर गुनासो टिपाउन सक्नुहुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले सातामा एक दिन आफू कल सेन्टरमा बस्ने भन्दै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने जानकारी दिनुभयो । उहाँले दूरदराजका जनतालाई सरकार भएको प्रत्यक्ष अनुभूति दिलाउन मन्त्रालयले गुनासो सुनुवाइ एकाइ स्थापना गरिएको जानकारी दिनुभयो ।

“सरकारको लक्ष्य सहरबजारका जनतालाई खानेपानी र सरसफाइमा पहुँच पु¥याउनमात्र होइन, दूरदराजका गाउँ टोलमा सरकार भएको अनुभूति गराउन हामीले गुनासो सुनुवाइ एकाइ सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “एकाइमा आएका गुनासो तत्काल सम्बोधन हुन्छ । कार्यालय समयमा लाइभ अन्य समयमा रेकर्डमार्फत गुनासोको सुनुवाइ हुन्छ ।”

उहाँले जनताको जनजीवनसँग जोडिएको यस खानेपानी मन्त्रालयको काम र कर्तव्यलाई आफ्नो इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल जलस्रोतको दोस्रो ठूलो देश भए पनि २५ प्रतिशत मानिसले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको उहाँको भनाइ थियो ।

उपभोक्ताको गुनासोलगत्तै मन्त्रालयले प्रदेश सरकार, स्थानीय सरकार र खानेपानी मन्त्रालयअन्तर्गतका कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्ने मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो । गुनासो सुनुवाइ गर्न मन्त्रालयले अधिकृतको नेतृत्वमा चार कर्मचारी खटाएको छ । कार्यालयले समयमा आएको गुनासो तत्काल सम्बोधन गर्नेछन् भने अन्य समयमा रेकर्डमा रहने जनाइएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको टोल फ्रि नम्बर ११७१ मा नेपाल टेलिकमका ग्राहकले मात्र गुनासो दर्ता गराउन मिल्ने मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिनुभयो । एनसेल तथा स्मार्ट टेलिकमसँग समेत कुरा भएको भन्दै छिट्टै एनसेल तथा स्मार्ट टेलिकमका ग्राहकले समेत गुनासो गर्न सक्ने उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]