१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

सप्तरीमा पानी परिक्षण घुम्ती सेवा सुरु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०५, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,५ फागुन।सप्तरीमा पानी परीक्षण घुम्ती सेवा शुरुवात गरेका छन् ।जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउतकाे नेतृत्वमा तिलाठी काेइलाडी गाउँपालिका वडा नं. २ लाैनियाँबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयाेजना अन्तर्गतको पानी परीक्षण प्रयाेगशाला जनकपुरकाे टाेलीद्वारा साे सेवा शुरुवात गरेकाे हाे ।

शुक्रबार दलान दलिल अभियान अन्तर्गत क्षेत्र नं. २ बाट निर्वाचित मा. डा. राउत र मा. सतिश कुमार सिंहले निर्धारित कार्यक्रम अनुसार विभिन्न गाउँहरुमा स्थानीयहरु संग भेटघाट गर्दै सर्वदलीय, सर्वपक्षीय छलफल गरि विभिन्न याेजनाहरु माग समेत गरे ।

मधेपुरा, कट्टी, बनरझुला, टिकुलिया, बरसाईन, कुसहा, सकरपुरा, बेल्ही, लौनियाँलगायतकाे गाउँकाे स्तराेन्नतीका लागि समस्या तथा याेजनाहरु संकलन गरेको जनमत पार्टी तिलाठी काेइलाडी गाउँपालिका अध्यक्ष सुशील कुमार मण्डलले बताए ।

घुम्ती सेवा विभिन्न गाउँहरु हुँदै जानुका साथै कल वा धाराको पानी पिउन योग्य भए नभएको सबैलाई जाँच गराउन डा. राउतले आग्रह गरे ।

‘लाैनियाँकाे विभिन्न १० वटा कलबाट पानी संकलन गरि जनकपुर स्थित कार्यालयमा ल्याब जाँच गर्ने’ केमिस्ट सुनिल चाैधरीले भने- ‘स्वास्थ्य चाैकि लाैनियाँकाे कार्यालय नजिकै रहेकाे कलबाट लिइएको पानी जाँच गर्दा ०.००६ एम.जी./ली. मात्र आर्सैनिक भेटीएकाे हाे । पानी खाने याेग्य रहेको उनकाे भनाइ थियो ।

साे पानी जाँच हुने ल्याब प्रत्येक जिल्लामा हुनु आवश्यक रहेकाे तिलाठी काेइलाडी गाउँपालिका २ काे वडा अध्यक्ष कमल कुमार मण्डलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]