१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

डा.सीके राउत जनताको घरघर गएर योजना माग्दै

Logo
प्रकाशित सोमबार, फाल्गुण ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ फागुन।जनताराजको परिकल्पना गरेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जनताको घरघरमा गएर योजना मागिरहेको छ।

जनमत पार्टीबाट संघीय र प्रदेश सांसदमा सप्तरीबाट निर्वाचित सांसदहरु अहिले आफ्नो क्षेत्रका जनतासँग योजना माग्दै गाउँ नगरमा खटिएका छन् ।

अध्यक्ष डा.राउतले ‘दलान दलील’ नामक कार्यक्रम संचालन गरेर जनताको मनोकान्छा अनुसार योजनाहरु छनोट गरिएको छ।उनले सप्तरी निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभामा निर्वाचन भएका हुन। प्रतिनिधि सभामा निर्वाचित डा.सीके राउतदेखि सोही क्षेत्रको प्रदेश सभा ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शतिस कुमार सिंह तथा ‘ख’ बाट निर्वाचित मधेश प्रदेश सरकारका शिक्षा मन्त्री समेत रहेको महेश प्रसाद यादव सम्म आ–आफ्ना निर्वाचन क्षेत्रमा खटिएका छन् ।

अघिल्लो दिन संघीय सांसद डा. राउतले आफ्नो निर्वाचन क्षेत्रबाट उक्त कार्यक्रम सुरु गरेका थिए । भोलीपल्टै आइतबार देखि प्रदेशसभा सदस्य सिंह र यादवले पनि आ–आफ्नो क्षेत्रमा उक्त कार्यक्रम सुरु गरेका छन् ।

‘दलान दलील’ कार्यक्रमका क्रममा राजविराजमा आयोजित कार्यक्रममा मधेश प्रदेशका शिक्षा मन्त्री समेत रहेका प्रदेशसभा सदस्य यादवले प्रदेश सभा र प्रतिनिधिसभामा लैजाने योजनाहरु छनोटका लागि उक्त कार्यक्रम थालिएको जानकारी दिए ।

कार्यक्रम मार्फत जनतासँग छलफल गरी योजनाहरु माग्ने तथा प्राथमिकताका आधारमा कार्यान्वयनमा लैजाने उनको भनाइ थियो । जनताको घर–दलानमा पुगेर योजना माग्ने भएकाले यो कार्यक्रमलाई ‘दलान दलील’ नाम दिइएको उनले बताए ।

विगतमा विकास निर्माणका लागि योजनाहरु व्यक्तिगत लाभ तथा आसेपासे, आफन्त र नजिकका ठेकेदारलाई दिने प्रवृतिका कारण ठोस निर्माण कार्य हुन नसकेको तथा भएका थोर बहुत कामबाट पनि सीमित व्यक्ति लाभान्वित भएको पाइएकोले आफूहरुको पालामा धेरै भन्दा धेरै जनताले विकासको लाभ र अनुभूति गर्न पाओस् भने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए ।

‘अब नेताले होइन, जनताले चाहेका योजनामा मात्र बजेटमा छनोट हुनुपर्ने मान्यताका साथ अघि बढेका छौ उनले भने –‘यहाँका जनताले जनता राजको महसुश गर्नेमा विश्वस्त छौ ।’ कार्यक्रम अन्तर्गत अधिकांश जनताले सडक, शिक्षा, स्वास्थ, मल–खाद्य, रोजगारी लगायतका समस्या र योजनाहरु अघि सार्ने गरेको सो पार्टीले जनाएको छ ।

डा.राउतले चलाएको ‘दलान दलिल’ कार्यक्रमको अहिले समाजिक संजालमा प्रसंसा भैरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]