१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

सरस्वतीले एकै पटक जन्माइन तीन सन्तान

Logo
प्रकाशित बुधबार, फाल्गुण १०, २०७९

न्यूजमधेश डेस्क
राजविराज,१० फागुन । सप्तरीकी एक महिलाले एकै पटक तीन सन्तानको जन्म दिएकी छन् ।

जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओम रामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् ।

सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना छोरा र एक जना छोरी जन्माएकी छन् ।

दुई छोराको तौल क्रमशः १ कलो ६६० ग्राम र १ किलो ४८० ग्राम रहेको छ । छोरीको तौल १ किलो ६६१ किलोग्राम रहेको छ ।

सरस्वतीले मंगलबार दिउँसो एकै पटक तीन बच्चा जन्माएकी हुन् । प्रसुती व्यथा लागेपछि उनलाई धरान लगिएको थियो । उनले पहिलो पटक बच्चा जन्माउँदा तीन सन्तान जन्म भएको स्थानीय सन्तोष यादवले जानकारी दिए ।

एकै पटक तीन बच्चाको जन्म दिएकी सरस्वतीको परिवारलाई आर्थिक अवस्था कमजोर भएका कारण बच्चाको पालनपोषण गर्न समस्या हुने बताउँदै यादवले यथासक्य सहयोग गरिदिन आग्रह सबैसँग आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]