१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सरस्वतीले एकै पटक जन्माइन तीन सन्तान

Logo
प्रकाशित बुधबार, फाल्गुण १०, २०७९

न्यूजमधेश डेस्क
राजविराज,१० फागुन । सप्तरीकी एक महिलाले एकै पटक तीन सन्तानको जन्म दिएकी छन् ।

जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओम रामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् ।

सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना छोरा र एक जना छोरी जन्माएकी छन् ।

दुई छोराको तौल क्रमशः १ कलो ६६० ग्राम र १ किलो ४८० ग्राम रहेको छ । छोरीको तौल १ किलो ६६१ किलोग्राम रहेको छ ।

सरस्वतीले मंगलबार दिउँसो एकै पटक तीन बच्चा जन्माएकी हुन् । प्रसुती व्यथा लागेपछि उनलाई धरान लगिएको थियो । उनले पहिलो पटक बच्चा जन्माउँदा तीन सन्तान जन्म भएको स्थानीय सन्तोष यादवले जानकारी दिए ।

एकै पटक तीन बच्चाको जन्म दिएकी सरस्वतीको परिवारलाई आर्थिक अवस्था कमजोर भएका कारण बच्चाको पालनपोषण गर्न समस्या हुने बताउँदै यादवले यथासक्य सहयोग गरिदिन आग्रह सबैसँग आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]