२२ माघ २०८२, बिहिबार
05-02-2026 , Thu
×

जनकपुरधाम फागुण १६ देखि अन्तर कलेज क्रिकेट प्रतियोगिता

Logo
प्रकाशित बुधबार, फाल्गुण १०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० फागुन । जनकपुरधाममा अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको छ । जनकपुर एकेडमीको आयोजनामा यही फागुण १६ गतेदेखि बाह्रविघामा प्रतियोगिता हुन लागेको छ ।

खेल–खेलाडीको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको प्रतियोगिताको संयोजक प्रसान्त कर्णले जानकारी दिए ।

उनका अनुसार हरेक तह, उमेर समूहलाई खेलसँग जोड्नुको साथै स्वास्थ्य बनाउनको लागि खेल आयोजना हुन लागेको छ ।

प्रतियोगितामा करिव १६ वटा कलेजको टिम सहभागि हुने अपेक्षा गरिएको राष्ट्रिय टिमका खेलाडी तथा हरिज स्पोर्टस जोनका सञ्चालक हरिशंकर साहले बताए । जसमध्ये १२ वटा टिमले नमांकन गराइसकेको छ ।

डिउज बलले नकट आउट प्रणालीमा खेल हुने छन् । प्रतियोगितामा प्रतिभावान देखिएको खेलाडी छनौट गरी नियमित क्रिकेट अभ्यास गराउने आयोजक संस्थाको तयारी छ ।

यसअघि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट खेलाडहिरुलाई छनौट गरी तीन वटा टिम बनाएको छ । उनीहरु अहिले नियमित क्रिकेट अभ्यास गरिरहेका छन् ।

प्रतियोगितामा विजेता, उप–विजेतालाई आकर्षक ट्रफि, वेस्ट फिल्डर, बलिङ, ब्याटसम्यान र किपरलाई पनि प्रोतसाहन गर्न प्रमाणपत्रसहित कप दिइने धनुषा क्रिकेट संघका उपाध्यक्ष अकाश पाण्डेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]