०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

जनमतले स्ववियू चुनाव एक्लै लड्ने

Logo
प्रकाशित मंगलबार, फाल्गुण १६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१६ फागुन । जनमत पार्टी निकट विद्यार्थी जनमत संघले स्ववियू चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको विद्यार्थी जनमत संघको केन्द्रीय समिति बैठकले स्ववियू चुनाव एक्लै लड्ने निर्णय गरेको निर्वाचन परिचालन समितिका सभापति बीपी साहले जानकारी दिए ।

विद्यार्थी जनमत संघ पहिलो पटक स्ववियू निर्वाचनमा सहभागी भइरहेकोले देशभरीका कलेजहरुमा एक्लै चुनाव लड्ने निर्णय गरेको उनले जनाए ।

बैठकमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले उच्च मनोबलका साथ चुनावमा सहभागी हुन विद्यार्थी नेताहरुलाई निर्देशन दिए।

‘देशको परिवर्तनहरुमा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेको छ । अव देशको शिक्षाको सुधारमा विद्यार्थीहरुले पनि महत्वपूर्ण भूमिका खेल्नु पर्छ।’ अध्यक्ष राउतले भने,‘लामो समयदेखि रोकिएको स्ववियूको निर्वाचनले अव नयाँ नेतृत्वको उदय गराउनेछ। यस निर्वाचनले विद्यार्थी जनमत संघलाई राष्ट्रव्यापी बनाउने छ।’

यसैगरी केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समितिको केन्द्रीय सभापतिमा बीपी साहलाई चयन गरेको छ भने समन्वयको जिम्मेवारी मधेश प्रदेश सरकारका कृषि राज्यमन्त्री संजय कुमार यादवलाई दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]