०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

समाजवादी युवा संघको केन्द्रिय सचीवमा आतेश चयन

Logo
प्रकाशित सोमबार, भाद्र ०९, २०७६

काठमाडौ । समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवा संघको केन्द्रिय सचीवमा आतेश कुमार सिंह चयन भएको छ।

आइतबार ललितपुरको सातदोबाटोस्थित याक्थुङ चुमलुङ सभाहलमा आयोजित किराँत नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोषणासभाले समाजवादी युवा संघको केन्द्रीय सचीवमा युवाको अवाज लग्नशिल, स्पष्टवक्ता एवम् निडर संघर्षशील युवा नेता आतेश कुमार सिंह यादवलाई चएन गरिएको छ।

एकतापछि आईतबार बसेको बैठकले नयाँ नाम राखिएको समाजवादी युवा संघको सचीवमा आतेश कुमार सिंह यादवलाई सर्वसमतिबाट चयन गरिएको हो।

समाजवादी युवा संघका सचिव आतेश कुमार सिंह यादवले सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिकाको मेयर तथा प्रदेश २ का समाजवादी युवा संघका अध्यक्ष समेत रहेका हुन।

एकता घोष्णासभामा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई ,अर्को अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]