०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाजवादी युवा संघको केन्द्रिय सचीवमा आतेश चयन

Logo
प्रकाशित सोमबार, भाद्र ०९, २०७६

काठमाडौ । समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवा संघको केन्द्रिय सचीवमा आतेश कुमार सिंह चयन भएको छ।

आइतबार ललितपुरको सातदोबाटोस्थित याक्थुङ चुमलुङ सभाहलमा आयोजित किराँत नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोषणासभाले समाजवादी युवा संघको केन्द्रीय सचीवमा युवाको अवाज लग्नशिल, स्पष्टवक्ता एवम् निडर संघर्षशील युवा नेता आतेश कुमार सिंह यादवलाई चएन गरिएको छ।

एकतापछि आईतबार बसेको बैठकले नयाँ नाम राखिएको समाजवादी युवा संघको सचीवमा आतेश कुमार सिंह यादवलाई सर्वसमतिबाट चयन गरिएको हो।

समाजवादी युवा संघका सचिव आतेश कुमार सिंह यादवले सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिकाको मेयर तथा प्रदेश २ का समाजवादी युवा संघका अध्यक्ष समेत रहेका हुन।

एकता घोष्णासभामा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई ,अर्को अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]