१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

राराबमा जनमतका सभापति उम्मेदवार इजाज मोमिन र उपसभापति बिरेन्द्र यादव

Logo
प्रकाशित शनिबार, फाल्गुण २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ फागुन।जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थी जनमत संघबाट स्ववियु सभापतिमा इजाज मोमिनले उम्मेदवारी दर्ता गराएका छन् ।

चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि राराबको स्ववियु सभापतिको लागि विद्यार्थी जनमत संघसहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

डा.सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघबाट सभापतिमा इजाज मोमिन (अन्सारी )र उपसभापतिमा बिरेन्द्र यादवसहित प्यानल उठाएका छ्न।

त्यसैगरी ,लोकतान्त्रिक समाजवादी निकट लोकतान्त्रिक विद्याथी संघको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबबाट मनिषकुमार यादव, ५ दलिय गठबन्धनको तर्फबाट संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषदबाट अभिशेक साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

२१ सदस्यीय स्ववियु कार्यसमितिका लागि कुल ८८ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । रारावको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]