११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

मधेश प्रदेशका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट

Logo
प्रकाशित आइतबार, फाल्गुण २८, २०७९

राजविराज, २८ फागुन ।मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रदेश भरिका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट प्रदान गरिदै छ ।

अभियानका क्रममा आइतबार प्रदेश सरकारका तर्फबाट सप्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरिएको हो ।

राजविराजस्थित केअ माविमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधी तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले ज्यामेट्रिक बक्स, स्कुल ब्यागसहित शैक्षिक किट बितरण गरे ।

जिल्ला भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरि कक्षा ९ का विद्यार्थी संख्याको अनुपातमा यस्ता सामाग्रि बितरण गरिएको हो । जिल्लाका ११ हजार ७ सय ४४ छात्रछात्राले यी शैक्षिक कीट पाउने भएका छन् ।

आयोजित समारोहमा मन्त्री यादवले शिक्षाको स्तर उकास्नका लागि शिक्षक स्वयले अनुशाषित बन्नु पर्नेमा जोड दिदै शिक्षकका लागि निर्धारित गरिएको पोशाक लगाएर मात्र विद्यालय जान आग्रह गरे ।

उनले व्यवाहरिक शिक्षाका साथै मातृ भाषामा समेत शिक्षा प्रदान गर्न शिक्षकहरुलाई सुझाव दिए । प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रधानाध्यापकहरुले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने मन्त्री यादवले जोड दिए ।

मधेश प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]