३० बैशाख २०८२, बुधबार
14-05-2025 , Wed
×

मधेश प्रदेशका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट

Logo
प्रकाशित आइतबार, फाल्गुण २८, २०७९

राजविराज, २८ फागुन ।मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रदेश भरिका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट प्रदान गरिदै छ ।

अभियानका क्रममा आइतबार प्रदेश सरकारका तर्फबाट सप्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरिएको हो ।

राजविराजस्थित केअ माविमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधी तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले ज्यामेट्रिक बक्स, स्कुल ब्यागसहित शैक्षिक किट बितरण गरे ।

जिल्ला भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरि कक्षा ९ का विद्यार्थी संख्याको अनुपातमा यस्ता सामाग्रि बितरण गरिएको हो । जिल्लाका ११ हजार ७ सय ४४ छात्रछात्राले यी शैक्षिक कीट पाउने भएका छन् ।

आयोजित समारोहमा मन्त्री यादवले शिक्षाको स्तर उकास्नका लागि शिक्षक स्वयले अनुशाषित बन्नु पर्नेमा जोड दिदै शिक्षकका लागि निर्धारित गरिएको पोशाक लगाएर मात्र विद्यालय जान आग्रह गरे ।

उनले व्यवाहरिक शिक्षाका साथै मातृ भाषामा समेत शिक्षा प्रदान गर्न शिक्षकहरुलाई सुझाव दिए । प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रधानाध्यापकहरुले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने मन्त्री यादवले जोड दिए ।

मधेश प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]