१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

सुकुम्बासीहरुको समस्या समाधानको लागि पहल गर्ने : मन्त्री कुशवाहा

Logo
प्रकाशित सोमबार, फाल्गुण २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ फागुन। मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले भूमिहीन सुकुम्बासीको समस्या बारे प्रदेश सभामा कुरा उठाउने बताएका छन् ।

आइतबार मन्त्री कुशवाहाले सुकुम्बासीको जग्गा सम्बन्धी समस्या बारे आफ्नो पार्टीका अध्यक्ष डा.सीके राउतसंग छलफल गरी संघीय संसदमासमते कुरा पुर्याउने अश्वासन दिएका छन् ।

आइतबार जनकपुरधामस्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय घेराउ गर्दै नाराबाजी गर्न गएका चुरे संरक्षण अभियानी तथा सुकुम्बासीहरुसंग कुराकानी गर्दै मन्त्री कुशवाहाले उनीहरुको समस्या समाधान गर्न पहल गर्ने बताए ।

उनले भूमिहीनलाई जग्गा दिने अधिकार संघीय सरकार र स्थानीय सरकारसंग मात्र रहेकोले प्रदेशमा ऐन नबनेसम्म भूमिहीनको समस्याप्रति कुनै ठोस निर्णय लिन नसक्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]