२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

धनुषाका १० हजार विद्यार्थीहरूलाई शैक्षिक किट हस्तान्तरण गरिने

Logo
प्रकाशित मंगलबार, फाल्गुण ३०, २०७९

जनकपुरधाम,२९ फागुन। धनुषाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का १० हजार विद्यार्थीहरूलाई स्कुल ब्याग सहितको शैक्षिक किट हस्तान्तरण गर्ने अभियान शुरु गरिएको छ ।

मधेश प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री मधेश प्रसाद यादवले जनकपुरधामको सकल कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमवाट विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक किट हस्तान्तरण गरेको छ।

मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयले आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ता शैक्षिक सामाग्रीले सहयोग गर्ने तथा त्यसका लागि शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।उनले व्यवाहरिक शिक्षाका साथै मातृ भाषामासमेत शिक्षा प्रदान गर्न शिक्षकहरुलाई सुझाव दिए ।

प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रधानाध्यापकहरुले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने मन्त्री यादवले बताउनुभयो।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले कुनै बेला मधेशले पुरै देशमा शिक्षाको ज्योति छर्ने काम गरेको बताउँदै अहिले मधेश प्रदेश शिक्षामा पछाडि पर्नुको कारण खोजी गदै सुधार्न आवश्यक भएको बताउनुभयो ।

मधेश प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुयाँलको अध्यक्षतामा कार्यक्रम भएको थियो।

मधेश प्रदेशका ८ वटै जिल्लाका कक्षा ९ मा अध्ययनरत ८६ हजार ५ सय २३ विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रको कार्यक्रमबाट स्कुल ब्याग तथा ज्योमेट्रिक बक्स हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्देशक फुयाँलले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]