२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

धनुषाका १० हजार विद्यार्थीहरूलाई शैक्षिक किट हस्तान्तरण गरिने

Logo
प्रकाशित मंगलबार, फाल्गुण ३०, २०७९

जनकपुरधाम,२९ फागुन। धनुषाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का १० हजार विद्यार्थीहरूलाई स्कुल ब्याग सहितको शैक्षिक किट हस्तान्तरण गर्ने अभियान शुरु गरिएको छ ।

मधेश प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री मधेश प्रसाद यादवले जनकपुरधामको सकल कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमवाट विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक किट हस्तान्तरण गरेको छ।

मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयले आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ता शैक्षिक सामाग्रीले सहयोग गर्ने तथा त्यसका लागि शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।उनले व्यवाहरिक शिक्षाका साथै मातृ भाषामासमेत शिक्षा प्रदान गर्न शिक्षकहरुलाई सुझाव दिए ।

प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रधानाध्यापकहरुले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने मन्त्री यादवले बताउनुभयो।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले कुनै बेला मधेशले पुरै देशमा शिक्षाको ज्योति छर्ने काम गरेको बताउँदै अहिले मधेश प्रदेश शिक्षामा पछाडि पर्नुको कारण खोजी गदै सुधार्न आवश्यक भएको बताउनुभयो ।

मधेश प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुयाँलको अध्यक्षतामा कार्यक्रम भएको थियो।

मधेश प्रदेशका ८ वटै जिल्लाका कक्षा ९ मा अध्ययनरत ८६ हजार ५ सय २३ विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रको कार्यक्रमबाट स्कुल ब्याग तथा ज्योमेट्रिक बक्स हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्देशक फुयाँलले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]