१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

नेपालमा संघीयता नौलो कुरा होइन :डा. सीके राउत

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,६ चैत्र ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा संघीयता नौलो कुरा नरहेको बताए। नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री दाहालले महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले सरकारसँग आफ्ना केही असन्तुष्टि रहे पनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताए।

उनले भने, ‘आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ भनेझैँ, प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यत्रो संघर्ष गरेर संघीयता ल्याउनुभएको छ । संघीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन, पहिला पनि बाइसे, चौबिसे राज्यहरू नेपालमा थिए । त्यो भनेको संघीयता नै हो ।

तर, त्यसलाई पुनर्स्थापित गर्न प्रधानमन्त्री दाहालले धेरै नै भूमिका खेल्नुभएको छ । यो कुरालाई नकार्न सकिँदैन। त्यसैले हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेका छाैँ। केही असन्तुष्टिहरू हामीसँग छन्, तर त्यसलाई समाधान गर्न सकिन्छ। सानो कुरामा विश्वासको मत फिर्ता लिनुपर्छ भन्ने छैन।’

अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका माग आगामी दिनमा समेट्दै लैजानुपर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]