१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

कर्जन्हा नगरपालिकाद्वारा १२ कक्षामा अध्ययनरत दुई सय विद्यार्थीलाई साइकल वितरण

Logo
प्रकाशित सोमबार, भाद्र ०९, २०७६

सिरहा।सिरहाको कर्जन्हा नगरपालिकाले १२ कक्षामा अध्ययनरत २०० विद्यार्थीलाई साइकल वितरण गरेको छ। नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालय र जनसेवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले साइकल वितरण गरेको हो।

विद्यालय टाढा हुँदा पैदल हिँडेर आउजाउ गर्न समस्या भएपछि नगरपालिकाले विद्यार्थीलाई साइकल वितरण गरेको छ। गरिब, दलित र जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरिएको नगरप्रमुख गंगा पासमानले बताए।

‘घण्टौं पैदल हिडेर विद्यालय आउनुपर्ने वाध्यता विद्यार्थीहरुलाई थियो,’नगरप्रमुख पासमानले भने,‘साइकल दिएपछि पढाईमा मद्दत पुग्छ। विद्यार्थीहरु विद्यालय समयमै आउँछन्।’

साइकल वितरणका लागि आर्थिक वर्ष ०७५/०७६ योजनाबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए। ‘हिडेर विद्यालय आउँदा कहिलेकाहीँ पढाई छुट्थ्यो,’वडा-७ दक्षिणबारी टोलकी मनिषा कुमारी साहले भनिन्,‘अब साइकल हुँदा समयमै विद्यालय पुग्छौं।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]