१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

जनताको आशा र भरोसाको किरण जनमत पार्टी मात्रै रहेको डा.राउतको दावी

Logo
प्रकाशित बुधबार, चैत्र ०८, २०७९

न्यूजमधेश डेस्क
बारा ,८ चैत। जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले मधेशी जनतालाई मधेशी नेताहरुलेनै ठगेको आरोप लगाएका छन् । उनले अन्य दलबाट ठगिनु र मधेशीबाट ठगिनुमा धेरै अन्तर रहेको उल्लेख गर्दै मधेशीलेनै मधेशीबाट ठगिनु अक्षम्य नहुने स्पष्ट पारेका छन् ।

बुधबार बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत पार्टी प्रवेश एवम आमसभालाई सम्बोधन गर्दै नेता राउतले अहिलेपनि बिभिन्न बहानामा तराई मधेशमा बसोवास गर्ने सम्पूर्ण मधेशी जनताहरु माथि विभेद कायमै रहेको दाबी गरे ।

उनले मधेशी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दै मधेशको बिकासका र अधिकारका लागि शहादत प्राप्त गरेका मधेशी शहीदको सपना साकार हुनेगरि जनमत पार्टीले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।अहिले सम्मको प्राप्त उपलब्धिलाई समाप्त पार्ने खेल भइरहेको आरोप समेत उनले लगाए ।

ठूला दलहरुको इशारामा निर्वाचन आयोगले चोर बाटोबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा निर्वाचन क्षेत्र २ बाट चुनाव लडने बाटो खुल्ला गरेको आरोप लगाए ।मधेश र मधेशी
जनतालाई उपेन्द्र यादवले नेतृत्व गरेका जनता समाजवादी पार्टीले पटक पटक धोका दिने काम मात्र गरेको उनको आरोप रहेको छ ।

सतामा टिकी रहने यादवको स्वार्थलाई अव बारा जिल्ला निर्वाचन
क्षेत्र नम्बर २ का जनताले पाखा लगाउने बताए ।सप्तरीबाट पराजित भएर फेरि पनि बाराका जनताहरुलाई धोका दिनका लागि बाराबाट चुनाव लडने यादवको भावी सपना चकनाचुर भएर जाने टिप्पणी गरे ।

क्षेत्र नम्बर २ मा जनमत पार्टीले पनि उम्मेदवारी दिने जानकारी दिदै जनमतलाई यहाँका जनताहरुले जनमत दिनेमा आफू आशावादी रहेको बताए ।

मुलुकमा भष्टाचार बढदै गएको हुँदा भष्टाचारलाई न्यूनीकरण गर्दै बिधिको शासन कायम गराउन, घरघरमा रोजगारी सृजना गर्न एवम किसानहरुलाई सहुलियत दरमा मलखाद उपलब्ध गराउनका लागि राज्य सम्वेदनशील हुनुपर्ने धारणा व्यक्त गरे ।

एक फरक प्रसंगमा अध्यक्ष राउतले देशमा ठूला पार्टी भनाउँदाहरु फेल भइसकेको बताउदै अव देशको निकास र बिकास जनमत पार्टीले नै गर्ने दावी गरे ।जनमत पार्टी जनताको आशा एवम् भरोसाको किरण रहेको हुँदा मधेश प्रदेशमा सबै भन्दा ठूलो पार्टी बनाएर छाडने बताए ।

जनमत पार्टी बारा जिल्ला ईन्चार्ज ओमप्रकाश साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिवनाथ पटेल, प्रभुनाथ राउत कुर्मी, अजहर मंसुर लगायतका सयौको संख्यामा बिभिन्न पार्टी परित्याग गरी जनमत पार्टीका प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई अध्यक्ष राउतले फूलमाला लगाएर स्वागत गरेका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]