२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सर्लाहीमा विद्यालयको अभिभावक भेलामा झडप, दुई जना गम्भीर घाइते

Logo
प्रकाशित मंगलबार, भाद्र १०, २०७६

मलंगवा । सर्लाहीको एक विद्यालयमा अभिभावक भेलामा झडप हुदा दुईजना गम्भीर घाइते भएको स्थानीयले बताए ।

हरिपूर्वाको केश्वर गरिब जनता माविमा सोमबार दिउँसो आह्वान गरिएको अभिभावक भेलामा झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

झडपमा गम्भीर घाइते हुनेमा हरिपूर्वा नगरपालिका–१ का ३० वर्षीय मनोज राय यादव, र अध्यक्ष ३१ वर्षीय खगेन्द्रप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

टाउकोमा चोट लागेर गम्भीर भएका दुवैजनालाई उपचारका लागि जनकपुर अन्चल अस्पतालमा पुर्याइएको छ । गत शुक्रबार राति सिभिल ईन्जिनियरिङ विषयका तीनजना शिक्षकको परीक्षा लिएर नतिजा समेत प्रकाशन गरिएपछि असन्तुष्ट समूह र प्रधानाध्यापक फेकु राय पक्षबीच झडप भएको एक स्थानीयले जानकारी दिए ।

त्यस्तै सुन्दरपुर मावि चक्रघट्टाबाट सरुवा भई आएका शिक्षक धनेश्वर साहलाई विद्यालयमा हाजिर गराउने विषयमा समेत अभिभावक भेलामा विवाद भएको बताइएको छ । भेलामा छलफल सुरु हुने बित्तिकै विवाद बढेको र कुटाकुट हुँदा दुईजना घाइते भएको बताइएको छ ।

प्रअ रायको सरुवा हुनुपर्छ भन्ने पक्ष र अर्को पक्षबीच झडप भएको स्थानीय बासिन्दाले बताएका छन् । समाजवादी पार्टीका नेता कार्यकर्ता एक पक्ष र नेपाल कम्युनिष्ट पार्टी एवं राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता विपक्षमा रहेको एक स्थानीयले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]