११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

डा. सीके राउतले मिटरब्याज पीडितहरुलाई भेट्न मातातीर्थ पुग्यो

Logo
प्रकाशित सोमबार, चैत्र १३, २०७९

काठमाडौं ,१४ चैत। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताएका छन् ।

डा.राउत सोमबार दिउँसो महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न मातातीर्थमा पुगेका थिए । भेटका क्रममा पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताए ।

राउतले मिटर ब्याज पीडितहरुको पक्षमा आफ्नो पार्टी जनमतले आन्दोलन गरेको बेला सरकारसँग सहमति भएको बताए । तर अहिले पनि समस्या रहेको भन्दै उनले समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताए ।

‘कतिपय गृह मन्त्रालयले परिपत्र गरेर पनि समाधान गर्न सक्छ । कतिपय अदालतमा विचाराधीन भएकाले विधेयक वा अध्यादेश ल्याएर मात्र समाधान गर्न सकिन्छ’, उनले भने, ‘यसबारे हामी सरकारसँग कुरा गरिरहेका छौं ।’

यदि सरकारले समस्या समाधान नगरे आफ्नो पार्टी पनि आन्दोलनमा आउने डा.राउतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]