१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

किसानलाई सस्तो र सहुलियत दरमा ऋण उपलब्ध गराउन मन्त्री ई.कुशवाहाको पहल

Logo
प्रकाशित मंगलबार, चैत्र १४, २०७९

जनकपुरधाम ,१४ चैत।मधेस प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई बढीमा ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ।

मधेस प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई वसन्त कुशवाहाले किसानका लागि सस्तो र सहुलियत दरमा ऋण उपलब्ध गराउने बताए।

देशमा दिनानुदिन मिटर ब्याजीको समस्या दिनानुदिन विकराल हुँदै गएको र मिटर ब्याजीबाट सबैभन्दा बढी पीडित किसान भएकोले राहतका लागि सस्तो र सुलभ रुपमा ऋण उपलब्ध गराउन लागिएको अन्नपूर्णलाई जानकारी दिए।

उनले भने, ‘मधेस प्रदेशको अधिकांश जनता कृषि निर्भर रहेकाले उनीहरूको समस्या सम्बोधनका लागि तथा किसान कार्यका लागि काठमाण्डौंका बैंक व्यवस्थापन पक्षसँग साकारात्मक छलफल भएको छ। बैंकको तर्फबाट पनि सहुलियत दरमा ऋण उपलब्ध गराउन साकारात्मक कुराकानी भएको छ।’

उनले भूमिहीन किसान देखि निम्न वर्गीय, साना देखि ठुला किसानको कृषि कार्य तथा खाद्य उपजबाट सञ्चालन हुने उद्योग, कृषि, उपजको बजारीकरण र बिउ विजनको खरिद बिक्रीका लागि ऋण उपलब्ध गराउन लागिएको हो।

ऋणको सही सदुपयोगका लागि कृषि सेवा केन्द्र,कृषि विज्ञ केन्द्र, कृषि परामर्श सेवा तथा कल सेन्टर समेत सञ्चालन गरी किसानलाई कृषि कार्यमा सहजीकरण हुने मन्त्री कुशवाहाको भनाइ छ।

उनले भने,‘कृषकको हरेक समस्या समाधानका लागि मन्त्रालयले पहल गर्छ। खाद्य मलदेखि बिउ बिजन तथा खाद्य उत्पादनलाई उद्योगमा परिणत गर्नेसम्मको सहयोग किसानलाई मन्त्रालयले गर्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]