३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

जसपाले बारा २ का जनतालाई धोका दिँदै,हरुवा उपेन्द्रलाई बनाए उम्मेदवार

Logo
प्रकाशित आइतबार, चैत्र २६, २०७९

काठमाडौं : आफू संसद छिर्न सोझा रामसहाय यादवलाई उपराष्ट्रपति बनाएका उपेन्द्र यादवले बारा २ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

सप्तरी २ बाट सीके राउतसँग नराम्रोसँग चुनाव हारेका उपेन्द्रले जनताको म्यान्डेटलाई अपमान गर्दै चुनाव लड्न लागेका हुन् । मधेश आन्दोलनको नाममा पटक पटक सत्तामा गएर एजेण्डा बिर्सिएका उपेन्द्रलाई सप्तरीका जनताले सबक सिकाएका थिए ।

मधेशी जनतालाई धोका दिएको भन्दै बेमौत हराएका थिए । तर जनताले दण्डित गर्दा पनि उपेन्द्र चेतेनन् । आफूले गरेको गल्तीको समीक्षा गरेनन् । उल्टै सत्ताको नशामा एउटा हार पनि सहन सकेनन् । संसद छिर्न अनेक दाउपेचमा लागेका छन् ।

सप्तरीका जनताबाट दण्डित उपेन्द्र अहिले बारा २ बाट चुनाव लड्ने तयारीमा छन् । सप्तरीका जनताको अपमान गर्दै बारा २ पुगेका छन् । बारा २ का जनताले सादगी नेता रामसहायलाई जिताएका थिए । तर उनी उपराष्ट्रपति बनेपछि सप्तरीका हरुवा उपेन्द्र बारा २ मा आएका छन् । यो जनमतको अपमान भएको बताउँछन् बारा २ निवासी गजेन्द्र यादव । ‘हामीले सादगी नेता रामसहाय यादवलाई मत दिएका हौं । उहाँ उपराष्ट्रपति हुनुभयो ।

रामसहाय यादवको राजनीतिक करियर बरबाद गरेका उपेन्द्रलाई बाराका जनताले हिसाब लिने स्थानीय रमेश यादवले बताए ।

अब बाराकै नेता कार्यकर्ताले टिकट पाउनुपर्छ । बाहिर हारेकालाई यहाँ ल्याएर संसद पठाउने भर्याङ हाम्रो क्षेत्र हुँदैन । बाहिर बाट कोही आए डाँडा कटाउँछौं,’ उनी भन्छन् । राष्ट्रिय राजनीतिमा पनि एउटा चुनावको हार सहन नसक्ने भन्दै उपेन्द्रको चर्को आलोचना भइरहेको छ । यदि उपेन्द्रजस्तै सबै नेताले कहिल्यै नहार्ने र दाउपेच गरेर संसद छिर्ने हो भने लोकतन्त्र र संसदको गरिमा धुलिसात हुने चिन्ता राजनीतिक वृत्तमा छ ।

यता ,बारा -२ का सुनिल यादवले यहाँका स्थानीय नेतालाई हामिले चिताउने भन्नुभयो ,’उहाँले बारा -२ बाहिरबाट हारेर आएका नेतालाई हामि मान्दैनन्,आफ्नै क्षेत्रका धर्तिपुत्रलाई जिताएर पठाउने उनले दाबी गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]