०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

अन्तर्राष्ट्रिय जगत्‌मा नेपालको साख गिर्‍यो : उपेन्द्र यादव

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०

जनकपुरधाम,२९ बैशाख । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख कमजोर भएको बताएका छन् ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा रहेकै जिम्मेवार व्यक्ति नै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

अध्यक्ष यादवले भने, ‘देशकै साख र छवि धुमिल भएको नक्कली भुटानी ‌शरणार्थी प्रकरणको निष्पक्ष हुनुपर्छ । यसमा संलग्न कुनैपनि व्यक्तिलाई छाड्नु हुँदैन ।’

उनले संघीय सरकारमा दुई/तीन दिनभित्रै मन्त्री पठाउने र मधेश प्रदेश सरकार पनि विस्तारका लागि होमवर्क सुरू गरिसकेको बताए । यादवका अनुसार संघ र प्रदेशको समेत मन्त्रालय टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीले पाएका छन् ।

उनले अलपत्र परेको संघीय निजामती ऐन र प्रहरी समायोजन विधेयक सबैभन्दा जरुरी भएको पनि बताए ।

यादवले भने, ‘निजामती कर्मचारी ऐनका कारण कर्मचारी व्यवस्थापनमा समस्या छ । प्रहरी समायोजन नहुँदा प्रदेशहरूमा सरकारको अनुभूति नै भएन । खाली मन्त्री, गार्ड र झण्डा हल्लाएर सरकार हुँदैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]