१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

सिरहाको औरहीमा ग्राम उद्योग भवनको शिलान्यास गरे राज्यमन्त्री यादव

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०

न्यूजमधेश डेस्क
सिरहा ,२९ बैशाख । मधेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले ग्राम उद्योग केन्द्रको शिलान्यास गरेका छ्न।

सिरहाको औरही गाउँपालिका ५ स्थित प्रहरी चौकी नजिकै ग्राम उद्योग भवनको शुक्रबार एक कार्यक्रमबिच उद्योग केन्द्रको लागि भवनको शिलान्यास गरिएको छ ।

मधेशका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले आफ्नो संसदीय कोषको बजेटबाट ग्राम उद्योग भवन निर्माण गर्न लागेका हुन् । उक्त भवनको आज राज्यमन्त्री यादव, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र उपाध्यक्ष रेणु कुमारी यादवले संयुक्त रुपमा शिलान्यास गरे ।

उक्त भवन निर्माणका लागि राज्यमन्त्री यादवले संसदीय विकास कोषबाट २५ लाख रुपैयाँ बजेट छुट्याएको जनमत पार्टीका नेता दिलिप यादवले जानकारी दिए ।

पहिलो चरणमा भवन निर्माण गरिएको छ । पछि उक्त भवनमा उद्योग सञ्चालन गरी स्थानीयलाई रोजगारी दिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]