२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

नक्कली भुटानी शरणार्थी प्रकरणमा जो–जो दोषी छन् सबैलाई कारबाही हुनुपर्छ : नेता यादव

Logo
प्रकाशित शनिबार, बैशाख ३०, २०८०

काठमाडौँ,३० बैशाख । जनमत पार्टीका नेता डा.शरदसिंह यादवले नक्कली भुटानी शरणार्थी बनाएर बेचविखन गर्ने जो कोहीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।नक्कली भुटानी शरणार्थी अमेरिका पठाई ठगी गरेको विरुद्धमा आज जनमत पार्टीको तर्फबाट माइतीघर मण्डलमा प्रदर्शन गर्ने क्रममा नेता यादवले सो माग गरेका हुन् ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा जो–जो दोषी छन् सबैलाई कारबाही हुनुपर्छ कोही पनि उम्किनु हुँदैन । यदि यहाँको अदालतले कारबाही गरेन भने जनताको अदालतले कारबाही गर्छ ।’ यादवले जनताको अदालतले जुनसुकै कारबाही गर्न सक्ने बताउँदै त्यसमा भौतिक कारबाही पनि हुनसक्ने चेतावनी दिए ।

‘अहिले सरकारले जे जति काम गरेको छ, तारिफयोग्य काम हुन्,’ उनले भने, ‘सरकारले खुट्टा कमाउनु हुँदैन । सरकारलाई पार्टीको सम्पूर्ण साथ र सहयोग रहनेछ । तर सरकारले कसैलाई कारबाही गर्ने र कसैलाई जोगाउने कार्य गर्‍यो भने जनमत पार्टी सरकारको विरुद्ध पनि आन्दोलनमा जानेछ । ’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]