२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

युवा संघको केन्द्रिय वरिष्ठ उपाध्यक्षमा यादव चयन

Logo
प्रकाशित मंगलबार, भाद्र १०, २०७६

काठमाडौ । समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवा संघको केन्द्रिय वरिष्ठ उपाध्यक्षमा संजिव यादव चयन भएको छ।

आइतबार ललितपुरको सातदोबाटोस्थित याक्थुङ चुमलुङ सभाहलमा आयोजित किराँत नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोषणासभाले समाजवादी युवा संघको केन्द्रीय वरिष्ठ उपाध्यक्षमा संजिव यादवलाई चयन गरिएको छ।

एकतापछि आईतबार बसेको बैठकले नयाँ नाम राखिएको समाजवादी युवा संघको केन्द्रिय वरिष्ठ उपाध्यक्षमा संजिव यादवलाई सर्वसमतिबाट चयन गरिएको हो।

मधेश आन्दोलनमा सहकृय भुमिका निर्भाह गर्दै अहिले सम्म मधेशको समस्याहरुको विषयमा निरन्तर अवाज उठाउदै आइरहेका सिरहा जिल्लाको सिरहा नगरपालिका स्थित मखनाहा घर भएका युवा नेता संजिव यादवलाई समाजवादी युवा संघका वरिष्ठ उपाध्यक्षमा चयन गरेको आर एन यादवले जानकारी दिएको छ ।

एकता घोष्णासभामा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई ,अर्को अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]