२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

वीरगंजमा जनमत पार्टीद्वारा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन

Logo
प्रकाशित मंगलबार, जेठ ०२, २०८०

वीरगंज,२ जेष्ठ। नक्कली शरणार्थी काण्ड लगायत भ्रष्टाचार काण्डहरुलाई निष्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले आज वीरगंजमा विरोध प्रदर्शन गरेको छ ।

‘भ्रष्टाचार विरुद्ध जनमत पार्टीको खबरदारी, भ्रष्टाचार विरुद्ध सम्पूणर् नेपाली एक हौं’ भन्ने नारा सहित आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भ्रष्टचारीहरुलाई कारवाही हुनुपर्ने माग गरेका हुन् ।

‘सानालाई ऐन, ठूलालाई चैन हुनु हुँदैन’, ‘साइकल काण्डको निष्पक्ष छानविन गर’, ‘भ्रष्टाचार अन्त्य गरौ’ लगायतको नारायुक्त प्लेकार्ड बोकेर गरिएको विरोध प्रदर्शन कार्यक्रममा सहभागी भएका वक्ताहरुले नक्कली भुटानी शरणार्थी काण्ड छनबिन निश्पक्ष हुनु पर्ने, मधेस सरकारको साईकल घोटाला काण्ड, छोरी बीमा कार्यक्रम, पोखरी सौन्दर्यकरणको नाममा भएको भ्रष्टाचार काण्डहरु सुक्ष्म तरिकाले छानबिन गरि भ्रष्टाचारीहरुलाई कडा कार्वाही गरि सबै सम्पत्ति जफत गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रममा पार्टीका नेताहरु केन्द्रिय सदस्य डा. अजय यादव, जिल्ला सह- इन्चार्ज मुकेश दिवेदी, सह संयोजक रामजी रौनियार, महिला जिल्ला संयोजक अन्जना गुप्ता, जिल्ला सचिव रेखा यादव, नेताहरू सिए अजय चौरसिया, श्याम गुप्ता, सुजित चौरसिया, श्याम शंकर चौरसिया, राजेश चौरसिया, नजमा खातुन, बिराजु यादव, राम नरेश पटेल, संजय बर्मा लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]