१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

विद्यार्थी जनमत संघ धनुषाद्वारा ३४१ जना विद्यार्थीलाई नि:शुल्क ब्लड चेकजाँच

Logo
प्रकाशित सोमबार, जेठ ०८, २०८०

जनकपुरधाम,८ जेष्ठ ।विद्यार्थी जनमत संघ धनुषाले विद्यार्थीहरुको नि:शुल्क ब्लड चेकजाँच शिविर सुरु गरेका छ्न।

सोमबार धनुषाको हसपुर नगरपालिका -५ सुगानिकासस्थित श्री माध्यमिक विद्यालयमा अध्यनरत ३४१ विद्यार्थीहरुलाई नि:शुल्क ब्लड चेकजाँच गरि उनिहरुको ब्लड ग्रुपसमेत छुट्याइएको संघका जिल्ला अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिएका हुन।

उनले भने,’३४१ जना विद्यार्थी मध्ये ४७ जना (A+),१४३ जना (B+),१२९ जना (O+),११ जना (AB+),५ जना (B-),३ जना (O-) र ३ जना (A-) रहेको बताए।

विद्यार्थी जनमत संघ धनुषाले चलाएको नि:शुल्क ब्लड चेकजाँच गरि ब्लड ग्रुप छुट्याउने शिविरमा प्रविधिक सहयोग ल्याब टेक्निसियन जनकपुरधामका काब्या अस्पतालका सुजित साहले सहयोग गरेको अध्यक्ष यादवले बताए।

सो अभियान जिल्ला भरका सामुदायिक विद्यालयहरुमा चलाउने विद्यार्थी जनमत संघ धनुषाको योजना रहेको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]