२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

दाइजोको निहुँमा आरतीको हत्या गरेको माइत पक्षको आरोप

Logo
प्रकाशित मंगलबार, जेठ ०९, २०८०

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका -९ स्थित घरमा झुण्डिएको अवस्थामा फेला परेकी महिलाको हत्या दाइजोको निहुँमा भएको आरोप लागेको छ ।

आईतवार बेलुका २२ वर्षीया आरतीको साहको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलाई तत्कालै काब्या अस्पताल लगियो । तर अस्पतालले उनको मृत्यू भइसकेको जनाएपछि शव पोष्टर्माटका लागि प्रादेशिक अस्पताल पुर्याइयो ।

आरतीको शवको अहिले पनि अस्पतालमै छ । माइत पक्षले उनी आत्महत्या नगरेको दावी गरेको छ । माइत पक्षको आरोप छ– दाइजोको निहुँमा श्रीमान, देबर, सासु र ससुराबाटै भएको हो ।
दुई वर्ष अगाडी सामाजिक परम्परा अनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका ३ का मोतीबाबु साहसँग भएको थियो ।

आरतीको हत्या दाइजोकै निहुँमा भएको उनका बुवा नगराइन नगरपालिका ८ का विनोद प्रसाद साहको आरोप छ । उनले जिल्ला प्रहरी कार्यालय धनुषामा आरतीको हत्या गरेको भन्दै उनका श्रीमान मोतीबाबु, देबर रवि, ससुरा मोहन र सासु रेणुमाथि किटानी जाहेरी दिएका छन् ।

प्रहरीले अहिले उजुरी दर्ता गरेको छैन । उनले उजुरीमा छोरी आरतीको विवाहमा २५ लाख रुपैयाँ खर्च गरेको दावी गर्दै भनेका छन्– थप दाइजोका लागि पटक पटक यातना दिदै आएको थियो । तर आफू एक न एक दिन सब ठिक हुन्छ भन्ने आशामा बसेको थिए ।

आरतीको शरिरको विभिन्न भागमा निलडाम देखेपछि घटनास्थल पुगेको र त्यहाँ पुग्दा कुटपिट गरी ज्यान मारेको स्थानीयबाट खुल्न आएको दावी उजुरीमा गरिएको छ ।

यता, धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले आरतीको शव झुण्डिएको अवस्थामा फेला परेको र अहिले थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार माइत पक्षले दाइजोको निहुँमा हत्या भएको भनेर जाहेरी पनि दिएको छ । तर पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै यर्थात् खुल्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]