३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सरकारलाई प्रमुख सचेत अरगडियाको प्रश्न:“नागरिकता विधेयक रोकेर मधेशलाई अशान्त बनाउन खोजेको हो”

Logo
प्रकाशित मंगलबार, भाद्र १०, २०७६

जनकपुरधाम । सरकार बदनियत पूर्ण तरिकाले एक वर्षअघि दर्ता गरेको नागरिकता ऐन, ०६३ लाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा अलपत्र परेको समाजाबादी पार्टिका प्रमुख सचेतक उमाशंकर अरगडियाले प्रतिनिधि सभा बैठकमा टिप्पणी गरेका छन ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा यही विधेयकमाथि दर्जनौँपटक छलफल भइसकेको छ । हाल नेपाली नागरिकसँग विवाह गरेका महिलाले विदेशी नागरिकता त्याग्न कारबाही चलाएको जानकारी गराउनासाथ नेपालको नागरिकता पाउने व्यवस्था छ । त्यसलाई संशोधन गर्न नेपालको नागरिकता प्राप्त गरेको ६ महिनाभित्र विदेशी नागरिकता परित्याग गरेको निस्सा पेस गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । तर, यसबारे सरकार गम्भिर नभएको दाबि गरे । विवाहलगत्तै विदेशी बुहारीलाई नागरिकता दिने अहिलेकै व्यवस्थालाई निरन्तरता दिनुपर्ने सचेतक अरगडियाले मांग गरे ।

समितिले विवाद टुंग्याउन नसकेपछि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेर टुंगो लगाउने गरी समितिले नौ सदस्यीय उपसमिति बनाएको थियो । दुई साताका लागि गठन गरिएको उपसमिति पाँच महिनासम्म अनिर्णित राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेर वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विवाद समाधान गर्न भन्दै समितिले नेकपा सांसद विजय सुब्बाको नेतृत्वमा दुई हप्ताको समय तोकेर ७ चैतमा उपसमिति पनि गठन गरेको थियो । तर, पाँच महिना बितिसक्दा पनि उपसमिति अनिर्णित छ ।

अहिलेसम्म झन्डै १० पटक जति उपसमितिको बैठक बसिसक्यो । विवादको विषय समाधान भएको छैन,’
अंगीकृत नागरिकताजस्तो विषयमा नेताले चासो देखाएका छैनन्,’ यूवाहरु अलपत्रिनु परेको उनले बताए । सरकारले दर्ता गराएको नागरिकता ऐन, ०६३ लाई संशोधन गर्ने विधेयकमाथि २३ वटा संशोधन प्रस्ताव दर्ता भएको थियो । संशोधनकर्तासँग छलफल भने सकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]