०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

खाताबाटै ९ लाख हराएको विषयमा बैंक र सेवाग्राहीबीच सहमति

Logo
प्रकाशित मंगलबार, जेठ ०९, २०८०

रौतहट ,९ जेष्ठ। रौतहटको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंकका सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको विषयमा दुवै पक्षबीचको विवाद सहमतिमा पुगेको छ ।

सहमतिपछि पीडित भनिएका पक्षले विराेध स्थगित गरेको छ भने बैंकले शाखा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । यसअघि आइतबार र सोमबार पीडित भनिएका सेवाग्राहीका आफन्तहरुले बैंक घेराउ गरी सेवा अवरुद्ध पारेका थिए ।

बैंकले आफ्नै तर्फबाट केही शर्तमा हराएको रकम बराबरको चेक ‘पीडित’ सेवाग्राहीलाई एक महिनापछि साट्नेगरी प्रदान गरेको छ । प्रहरी कार्यालयमा दुवै पक्षबीच भएको छलफलमा एक महिनाभित्र रकम हराएको भनिएको विषयमा अनुसन्धान गर्ने निर्णय भएको छ ।

सो अनुसन्धानपछि बैंकको लापरबाहीका कारण रकम खाताबाट बाहिरिएको खुल्न आएमा सेवाग्राहीले चेक साट्न पाउनेछन् भने सेवाग्रहीकै लापरबाहीका कारण खाताबाट रकम बाहिरिएको पाइएमा चेक सटही हुने छैन ।

यसअघि बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट ९ लाख रुपैयाँ गायब भएको थियो । यादवको दाबी अनुसार अघिल्लो दिनसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो । तर आइतबार ८ लाखको आफ्नो चेक लिएर साट्न गएका यादवको खातामा रकम नभएको पाइएको थियो । खाताबाट ९ लाख रुपैयाँ अन्यन्त्र सारिएको पाइएपछि यादव पक्षधरका स्थानीयले राति १० बजेसम्म बैंक घेराउ गरेका थिए ।

बैंक घेराउ र कर्मचारीविरुद्ध प्रदर्शन भइरहेपछि बैंकले सोमबार सेवा नै बन्द गर्नुपरेको थियो । मंगलबार बैंकका केन्द्रीय प्रतिनिधिहरु सुनिल खतिवडा, रेवतीरमण नेपाल, बिनेश ठाकुर, ईन्दुसेखर देवकोटा, रामजी यादव र पीडित पक्षका तर्फबाट रामकृपाल राय यादव, प्रेमशंकर यादव, रामप्रसाद यादव, बृन्दावन नगरपालिकाका पूर्वनगरप्रमुख रामस्नेही यादव लगायतको टोलीले प्रहरी कार्यालयमा छलफल गरी सहमति भएको हो ।

इलाका प्रहरी कार्यालयका डीएसपी एकनारायण कोइरालाले खाताको रकम हराएकोबारे विस्तृत अनुसन्धानपछि चेक साट्ने वा नसाट्ने भन्ने सहमति गरेर तत्काललाई समस्या समाधान भएको बताए । ‘तत्काल बैंकले चेक काटिदिए पनि साट्न पाइँदैन, यसको अनुसन्धान हुन्छ, अनुसन्धानमा सेवाग्राहीको लापरबाही देखिएन भने मात्र एक महिनापछि चेक साट्न पाइनेगरी सहमति भएको छ,’ उनले भने, ‘हामीले अनुसन्धान सुरु गरिसकेका छौं, यादवको खाताबाट रकम निकाल्नेको खोजी गर्छौं ।’

बैंकका अनुसार यादवको खाताबाट कसैले ओटीपी नम्बर प्रयोग गरी विभिन्न बैंक खाता र खल्ती वालेटमा रकम ट्रान्सफर गरिएको छ । रकम ट्रान्सफर भएपछि नबिल बैंकको गोलबजार शाखाको एटीएमबाट तीन दिनमा ९ लाख रकम झिकिएको छ ।

यादवको ओटीपी नम्बर कसरी बाहिरियो ? कसको खातामा रकम गयो र एटीएमबाट कसले पैसा झिक्यो भन्नेबारे बैंक र प्रहरीले अनुसन्धान थालेका छन् । यादवले ओटीपी नम्बर झुक्किएर दिएका हुन् वा बैंककै कर्मचारीमार्फत भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी कोइरालाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]