०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

धनुषामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिने

Logo
प्रकाशित सोमबार, जेठ १५, २०८०

जनकपुरधाम ,१५ जेठ। जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले सम्भावित विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी यहाँका १८ वटै स्थानीय तहले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना तथा वडा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको समितिको बैठकले प्रत्येक स्थानीय तहका विपद् व्यवस्थापन समितिले खुला क्षेत्र र उद्धार सामग्रीको अभिलेखन गरी त्यसको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष काशिराज दाहालले जानकारी दिए ।

त्यसैगरी बैठकले मनसुन, आगलागी, चट्याङलगायत विपद्जन्य घटनाको जोखिम न्यूनीकरण, खोज, उद्धार तथा राहत विवरणसम्बन्धी प्रतिकार्य योजना तयार गर्न धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विभिन्न सरोकारवालाहरूको प्रतिनिधित्व रहने गरी उपसमिति गठन गर्ने निर्णयसमेत गरिएको दाहालले बताए ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नं ३ धोवियाहीमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण र वडा नं ६ रौयाहीमा १५ शय्याको अस्पताल निर्माणका लागि सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७९ को नियम १० को उपनियम ९१० बमोजिम सरकारी जग्गा उपयोग गर्न दिने वा लिजमा उपलब्ध गराउन सिफारिस समितिमा पेस गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले वर्षात् सुरु हुनुअघि नै जोखिममा रहेका स्थानीय तहका नदी नियन्त्रण तथा अन्य कार्य गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विपद्बाट हुने जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यका लागि हुने सम्पूर्ण तयारीमा उपमहानगरपालिका स्थानीय प्रशासनसँग सहकार्यका लागि तयार रहेको बताए ।

त्यसैगरी १८ वटै पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने स्रोतसाधनको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुका साथै विपद् व्यवस्थापन समितिबाट लिनुपर्ने नदी नियन्त्रणलगायतका निर्णय समयमै गर्न आग्रह गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टद्वारा लिखित पुस्तकमा सङ्घर्षको सुरुआत र साङ्गठनिक नेतृत्व, नेकपा (एमाले) को अल्पमतको सरकार, विचार र सङ्गठनमा शुद्धीकरण र सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध लगायतका विषय समावेश गरिएका छन् । […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

काठमाडाैं । मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए । आफू फेरि मन्त्री बनेर आउन लागेको भन्दै उनले करारका […]