१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

संघियता प्रति समुदायमा सकारात्मक सन्देश जानेगरी काम गर्नुपर्छ ः शिक्षामन्त्री यादव

Logo
प्रकाशित शुक्रबार, जेठ १९, २०८०

जनकपुरधाम ,१९ जेष्ठ । जनतामा संघियताप्रति सकारात्मक सन्देश जानेगरी कामकाज गर्नुपर्ने मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले बताउनु भएको छ।

शुक्रबार महोत्तरीको बर्दिबासस्थित होटल रेड क्राउनमा शिक्षा तथा समाज कल्याण मन्त्रालयका प्रदेश सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा भएको प्रगति समिक्षा कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका मन्त्री यादवले यस्तो कुरा बताउनुभयो।

मन्त्री यादवले, ‘शिक्षा तथा समाज कल्याण मन्त्रालयका सहयोगी कर्मचारीलगायत मन्त्रालयाका सबै सदस्यीयहरूको बिचमा सुमधुर सम्बन्ध हुनुपर्ने आवश्यकता रहन्छ।त्यसपछी मात्रै हामि राम्रो कामको उत्थान गर्न सकिने । हामि सबैको हातेमालोको नितान्त आवस्यक रहेको भन्नुभयो।’

उँहाले नेपाल सरकार र मधेश सरकारले लिएको निति तथा कार्यक्रमहरुलाई आत्मसाथ गरि आमजन समुदाय समक्ष पुर्याउन दृढ संकल्प लिएर अगाडी बढ्नुपर्छ ।संधियताप्रति समुदायमा सकारात्मक सन्देश जानेगरि कामकाज गर्नुपर्ने मन्त्री यादवले आफ्नो धारणा राख्नु भएको हो।

सो कार्यक्रममा शिक्षा तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेश अन्तर्गत रहेका सबै निकायका प्रमुखहरु उपस्थितिमा प्रगति समिक्षा बैठक सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]