२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै अरगरीयाको नेतृत्वमा प्रहरी विरुद्ध एमालेको प्रदर्शन

Logo
प्रकाशित शनिबार, आषाढ ०२, २०८०

जनकपुरधाम । आफ्ना नेता कार्यकर्ता माथी झुठा मुद्दा लगाइ पक्राउ गर्न खोजेको भन्दै धनुषाका प्रहरी प्रशासन विरुद्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले जनकपुरमा प्रदर्शन गरेको छ । एमाले केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री उमाशंकर अरगरीयाको नेतृत्वमा सयकडौँको संख्यामा एमाले नेता कार्यकर्ताहरुले जनकपुर नाराबाजी सहित नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी समेत प्रदर्शन गरेको छ ।

भ्रष्टाचारमा लिप्त शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्माको संरक्षणमा लागेको भन्दै एमालेले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काविरुद्ध प्रदर्शन गरेको हो ‌। एमालेका नेता कार्यकर्ताहरुले जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै एसपी खड्का र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मा विरुद्ध प्रदर्शन गरे । भ्रष्टाचारी इकाई प्रमुख शर्मालाई कारबाही गर्नुको साटो झन् संरक्षणमा लागेको पुर्वमन्त्री अरगरीयाले आरोप लगाए । उनले भ्रष्टाचारी र भ्रष्टाचारीको संरक्षक विरुद्ध प्रदर्शन गरेको बताए ।

शुक्रबार दिउँसो युवाहरूको एक समूहले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मालाई कालोमोसो दलेका थिए । उक्त घटनामा आफ्ना नेता कार्यकर्तालाई फसाउन खोजेपछि बाध्य भएर आफूहरू सडकमा आउनुपरेको अरगरीयाले बताए ।

शिक्षक सरुवा, पदस्थापना, शिक्षक नियुक्ति लगायतको काममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्माले घुस खाएको भन्दै शर्मालाई यूवाहरुको समूहले कालोमोसो दलेको थियो ।

प्रदर्शनमा एमाले केन्द्रिय सदस्य संजिव झा सुरज, जिल्ला अध्यक्ष राजकिशोर यादव, विदेह नगरपालिकाका मेयर बेचन दास, औरही गाउँपलिकाका अध्यक्ष उमाशंकर साह लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]