१३ आषाढ २०८२, शनिबार
28-06-2025 , Sat
×

भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै अरगरीयाको नेतृत्वमा प्रहरी विरुद्ध एमालेको प्रदर्शन

Logo
प्रकाशित शनिबार, आषाढ ०२, २०८०

जनकपुरधाम । आफ्ना नेता कार्यकर्ता माथी झुठा मुद्दा लगाइ पक्राउ गर्न खोजेको भन्दै धनुषाका प्रहरी प्रशासन विरुद्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले जनकपुरमा प्रदर्शन गरेको छ । एमाले केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री उमाशंकर अरगरीयाको नेतृत्वमा सयकडौँको संख्यामा एमाले नेता कार्यकर्ताहरुले जनकपुर नाराबाजी सहित नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी समेत प्रदर्शन गरेको छ ।

भ्रष्टाचारमा लिप्त शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्माको संरक्षणमा लागेको भन्दै एमालेले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काविरुद्ध प्रदर्शन गरेको हो ‌। एमालेका नेता कार्यकर्ताहरुले जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै एसपी खड्का र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मा विरुद्ध प्रदर्शन गरे । भ्रष्टाचारी इकाई प्रमुख शर्मालाई कारबाही गर्नुको साटो झन् संरक्षणमा लागेको पुर्वमन्त्री अरगरीयाले आरोप लगाए । उनले भ्रष्टाचारी र भ्रष्टाचारीको संरक्षक विरुद्ध प्रदर्शन गरेको बताए ।

शुक्रबार दिउँसो युवाहरूको एक समूहले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मालाई कालोमोसो दलेका थिए । उक्त घटनामा आफ्ना नेता कार्यकर्तालाई फसाउन खोजेपछि बाध्य भएर आफूहरू सडकमा आउनुपरेको अरगरीयाले बताए ।

शिक्षक सरुवा, पदस्थापना, शिक्षक नियुक्ति लगायतको काममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्माले घुस खाएको भन्दै शर्मालाई यूवाहरुको समूहले कालोमोसो दलेको थियो ।

प्रदर्शनमा एमाले केन्द्रिय सदस्य संजिव झा सुरज, जिल्ला अध्यक्ष राजकिशोर यादव, विदेह नगरपालिकाका मेयर बेचन दास, औरही गाउँपलिकाका अध्यक्ष उमाशंकर साह लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]