१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

मधेश प्रदेशमा जनमत पार्टीको एकल बहुमतको सरकार बन्छ : बीपी साह

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०८०

वीरगन्ज ,७ असार। जनमत पार्टीका नेता बीपी साहले अब मधेश प्रदेशमा एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् । पर्सा जिल्लामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले आगामी चुनावमा जनमत पार्टीलाई जनताले एकल बहुमत दिएर पठाउने वातावरण बनेको बताए ।

पर्सा जिल्लाका नेताहरुलाई प्रशिक्षण दिदै नेता साहले भने,‘आगामी चुनावबाट मधेश प्रदेशमा जनमत पार्टीको एकल बहुमतको सरकार हुनेछ । डा.सीके राउत प्रधानमन्त्रीको रुपमा आउनु हुनेछ। त्यही अनुसार हामीले काम गर्दै जानु पर्छ। जनताको विश्वासमा खडो उत्रिनु पर्छ र संगठनमा सबैलाई स्थान दिनु पर्छ।’

समाजवादी मोर्चा सत्ता टिकाउने झुण्ड मात्र भएको नेता साहले आरोप लगाए । जनमत पार्टीसँग डराएर उपेन्द्र यादवसहितको समाजवादी मोर्चा बनेको आरोप पनि उनले लगाए ।

जनमत पार्टीको पर्सा जिल्लाको विस्तारित बैठक एवं प्रशिक्षणमा बोल्दै नेता साहले भने,‘मधेश र देशमा अब एउटा मात्रै बैकल्पिक शक्ति छ त्यो हो जनमत पार्टी । मधेशीलाई ठग्दै आएको जसपा–लोसपाहरुको पतन भइसकेको छ । जनमत पार्टीसँग डराएर उनीहरुले समाजवादी मोर्चा खोलेका छन् । यो मोर्चा मन्त्री पद खान मात्र खोलिएको हो ।’

जनमत पार्टीले कुनै पनि दल वा मोर्चासँग गठबन्धन नगरी एक्लै अगाडि बढ्ने नेता साहले बताए । ‘यी डेट एक्सपायर दलहरुको समय समाप्त भयो। जनमत युगको सुरुवात भएको छ । जनताको आशा भरोसा अब डा.सीके राउतमाथि छ । त्यही भएर हामी एक्लै संगठन विस्तार र चुनावमा जित हाँसिल गर्नेछौं ।’

जनमत पार्टीमा अनुशासनको महत्व धेरै भएकोले अनुशासित भएर संगठन विस्तारमा लाग्न नेता साहले निर्देशन समेत दिए । जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री करिमा बेगम, पूर्वसांसद प्रहलाद गिरी, सशी कपुर मिया, डा.अजय यादव, ओमप्रकाश सर्राफ, मुकेश द्वेदी, सिपु तिवारी, जय मिश्रा, दिपेन्द्र यादव, कन्हैयालाल झालगायतका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]