०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

जनकनन्दिनीको बजेट ४७ करोड ३३ लाख

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०८०

परबिन पंडित,राजेन्द्र राम
खजुरी, १० असार।धनुषाको जनकनन्दिनी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ३३ लाख ९२ हजार १ सय बजेट सार्वजनिक गरेका छ्न।

आइतबार जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवको अध्यक्षतामा स्वास्थ्य चौकी खजुरीको सभा हलमा आयोजना गरिएको १० औं गाउँसभा , नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमबाट गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ३३ लाख ९२ हजार १ सय बजेट प्रस्तुत गरेकी हुन।

संघीय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानको रकम रु. ९ करोड ३८ लाख तथा संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु तर्फ १४ करोड ६२ लाख र शसर्त अनुदान पुजिगत तर्फ ८९ लाख, संघबाट प्राप्त अनुमानित राजश्व वाडफाँड रकम रु. ७ करोड २८ लाख ३२ हजार १ सय, संघीय सरकारबाट प्राप्त विषेश अनुदान चालु तर्फ ५० लाख र विषेश अनुदान पुजिगत तर्फ ६५ लाख, संघीय सरकारबाट प्रापत सम्पुरक अनुदान ६५ लाख रहेको बताइन् ।

त्यसैगरी ,मधेश प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदानको रकम रु. ६६ लाख ६० हजार, प्रदेश सरकारबाट प्राप्त विशेष अनुदान रकम रु. ३० लाख एवं प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान रकम रु. २० लाख र आन्तरिक श्रोत तर्फ अनुमानित रकम रु.१२करोड २० लाख गरि आ.व. २०८० / ०८१ को अनुमानित वार्षिक वजेट रकम रु. ४७ करोड ३३ लाख ९२ हजार १ सयमात्र अनुमान रहेको बजेट उपाध्यक्ष सहगल्ले प्रस्तुत गरेकी थिइन ।

सशर्त अनुदान तर्फ प्राप्त भएको रकम स्वास्थ्य, शिक्षा, पशु, कृषि, महिला विकासमा खर्च गरिने छ । गाउँपालिकाको राजश्व वाडफाड तथा वित्तीय समानिकरणको चालु तर्फको खर्च रकम गाउँपालिकाको प्रशासनिक खर्च, सशक्तिकरण सीप विकास तथा लक्षित समुह विकास जस्ता कार्यक्रम खर्च, विद्यालय तथा स्वास्थ्य संस्थाको प्रशासनिक र कार्यक्रम खर्च एवं अन्य चालु प्रकृतिको बजेट समावेश गरिएको छ भने पूँजिगत खर्च तर्फको खर्च सार्वजनिक निमार्ण, फर्निचर फिक्चर, मेसिनरी औजार तथा वडा स्तरिय योजना जस्ता खर्चमा समावेश गरिएको छ ।

त्यसैगरी , प्रदेश सरकार र अन्य निकायबाट प्राप्त रकम निति निर्देशन बमोजिम खर्च गरिने तथा आन्तरिक आम्दानीको वजेट रकम कार्यालय संचालन तथा विकास निमार्ण जस्ता कार्यमा खर्च गर्ने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]