०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

प्रधानाध्यापक महराको सरुवा बदरको माग गर्दै विद्यार्थीहरुको प्रदर्शन

Logo
प्रकाशित सोमबार, आषाढ ११, २०८०

जनकपुरधाम,११ असार।धनुषामा एक जना प्रधानाध्यापकलाई सरुवा गर्न लागेको खबर विद्यार्थीले पाएपछी विरोध प्रदर्शन गरेका छ्न।

जिल्लाको औरही गाउँपालिकाको झिटकहियास्थित रहेको रामजानकी माध्यमिक विद्यालयको प्राधानाध्यापक मदन कुमार महरालाई राजनीति चलखेल गरि विद्यालयबाट सरुवा गर्ने खेल सुरु भएको भन्दै सो विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आन्दोलनमा उत्रिएका हुन।

उनिहरु सोमबार बिहानैदेखि जनकपुरधाम–यदुकूहा सडकखण्डमै पर्ने झिटकहियास्थित विद्यार्थीहरुले आगो बाले प्रदर्शन गरिएको हो।

उक्त आन्दोलनमा सहभागी विद्यार्थीहरुले ‘मदन सरलाई – सरुवा गर्न पाइदैन ,अरु प्राधानाध्यापक – चाहिदैन,शिक्षामा राजनीति गर्न- पाइदैन ,हामीलाई मदन सरनै -चाहियो’ जस्ता नाराहरु लगाउदै टाइर बालेर प्रदर्शन गरिरहेको हो। अहिले जनकपुर–यदुकूहा सडक तनावग्रस्त बनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]