२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

जनमत पार्टीको शहिदनगर -६ का अध्यक्षमा बुद्धि प्रसाद यादव

Logo
प्रकाशित सोमबार, आषाढ ११, २०८०

जनकपुरधाम,११ असार।धनुषाको शहिदनगर नगरपालिका -६ मा जनमत पार्टीको वडा समिती गठन गरिएको छ।

सोमबार एक कार्यक्रमबीच बुद्धि प्रसाद यादवको नेतृत्वमा ३५ सदस्यीय वडा समिती गठन गरेका हुन।

समितीको उपाध्यक्षमा कबिता देवी मण्डल र सनेचरी देवी मण्डल रहेको छ भने सचिवमा अरुण मण्डल र कोषाध्यक्षमा डोमनी देवी पासवान रहेकको विद्यार्थी जनमत संघ धनुषा जिल्ला अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिए।

उनका अनुसार समितीको सदस्यहरुमा कोसिला देवी महरा ,बेचन पासवान ,श्री नारायण महरा,गोबिन्द्र पासवान ,राज कुमार पासवान,प्रदिप पासवान ,रामप्रताप मण्डल ,वसन्त ठाकुर,विजय कुमार मण्डल ,रामपैल मण्डल ,बिहारी पासवान ,लोचन पासवानलगाइत २१ सदस्य वडा समिति पुर्न गठन गरिएको हो।

सो कार्यक्रममा शहिदनगर नगरपालिकाको नगर पर्यवेक्षण धनिक लाल कापर,पार्टीको नगर अध्यक्ष रत्नसागर यादव,युवा नेता रमन यादवसहितका नेताकार्यकर्ताहरु उपस्थितिमा समिती गठन गएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]